बुद्ध एयरको विमान दुर्घटना, १८ को मृत्यु


८ असोज, ललितपुर । माउन्टेन फ्लाइटबाट र्फकदै गरेको बुद्ध एयरको वीच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान सवा ७ बजे दुर्घटनाग्रस्त भएको छ ।
विमानमा १४ जना भारतीय, २ नेपाली र तीनजना चालक दलका सदस्य सहित १९ जना सवार रहेको बताइएपनि यात्रुको विस्तृत विवरण आउन सकेको छैन । चालक दलका सदस्यमा क्याप्टेन केवी ताम्राकारसहित को-पाइलट प्रभा अधिकारी र एयर होस्टेस अस्मिता श्रेष्ठ रहेको बताइएको छ ।
ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका एक नेपालीलाई जिवीतै उद्धार गरी उपचारमा पठाइएको छ । घाइतेको परिचय खुल्न सकेको छैन । बाँकी सवै १८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयवासी भिमसेन पोखरेलका अनुसार विमान टुक्राटुक्रा भएको छ भने मृतकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । स्थानीयबासी र प्रहरीको टोलीले अहिले घटनास्थल पुगेर मृतकको शव संकलन गरिरहेको छ । उद्धारका लागि सैनिक हेलिकोप्टर गए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको छ ।
स्थानीय वासीले हुस्सुका कारण मौसम खराव हुँदा विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । सुरक्षित विमान सेवाका रुपमा परिचित बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोपटक हो ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login