सिरहा, १८ साउन।सामान्यतया विवाह गर्दा बेहुलाले केटी पक्षसँग माग्नै पर्दा के माग्छन् - सहज अनुमान गर्न सकिन्छ नगद, सुनका गरगहना, टेलिभिजन, कम्प्युटर, मोटरसाइकल आदि । तर दाइजोमा एफएम रेडियो स्टेसन मागेको सुन्दा अचम्म लागेर आउँछ, यो सत्य हो ।सिरहा जिल्लाको नमुना गाविस सुखीपुर-१ बाट प्रकाशन हुने मधेस स्पेसल साप्ताहिक पत्रिकाका प्रकाशक रोयान्टर मण्डलको माग भने यही छ उहाले दाइजोमा एफएम रेडियो स्टेसन दिने व्यक्तिकी छोरीसँग विवाह गर्ने र्सत अघि सारेपछि मण्डलको माग पुरा गर्ने केटीपक्ष हालसम्म फेला पर्न सकेको छैन ।चौबीस वषर्ीय प्रकाशक मण्डलले विवाहका लागि धेरै युवती हेरे, तर कसैले दाइजोमा एफएम रेडियो स्टेसन दिने नभएपछि उनी अहिलेसम्म विवाहबन्धनमा बँधिन भने सकेका छैनन् । "आर्थिक अवस्था कमजोर भएकाले नियमितरुपमा पत्रिका चलाउन मैले घरको डेढ तोला सुन, २५ तोला चाँदी धितो राखी रु.२३ हजार ऋण लिएर पत्रिका प्रकाशन सुरु गरेको छु",प्रकाशक मण्डल भन्छन्-एफएम रेडियो स्टेसन खडा गर्ने धोको भएको तर आर्थिक अभावका कारण मेरो धोको पुरा नहुने भएपछि मैले यस्तो माग अघि सारेको छु ।नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका निर्वाचित कोषाध्यक्षसमेत रहेका मण्डलले दाइजोविरोधी समाचार लेख्दै आएका छन् । तर आफैँ दाइजोलिने घोषणा गरेपछि सञ्चारकर्मी आर्श्चर्यमा परेका छन् । janakpurtoday
समाचार
»
दहेजमा एफएम रेडियो स्टेसन माग
दहेजमा एफएम रेडियो स्टेसन माग
Tags:
समाचार


0 commentaires