ट्राफिक प्रहरी महाशाखा फेसबुकमा


काठमाडौं, साउन २९  - सडक प्रयोगकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जाल फेसबुकको प्रयोग सुरु गरेको छ।

महाशाखाको गतिविधिको प्रत्यक्ष जानकारी गराउन तथा सर्वसाधारणको सुझाव, गुनासो र उजुरी लिन महाशाखाले'मेट्रोपोलिटन ट्राफिक पुलिस' नामक पेज सञ्चालन गरेको जनाएको छ। जसमा प्रहरीको आचरण, काठमाडौंको ट्राफिक समस्या, पार्किङ शुल्कलगायत सूचना राखिएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले फेसबुकलाई नेपालीले सूचना दिने प्रमुख माध्यमका रूपमा प्रयोग गरिरहेकाले यो प्रविधि अपनाएको जनाएको छ। फेसबुक प्रयोगकर्ता जो कसैले वाल पोस्ट, कमेन्ट तथा म्यासेजमार्फत् सूचना दिन सक्ने महाशाखाले जनाएको छ। चार दिनअघि बनाइएको पेजलाई २९ जनाले मनपराएका छन्।
'अरुले जस्तै म पनि फेसबुक चलाउने गर्थें,' महाशाखा प्रमुख विज्ञानराज शर्माले भने, 'फेसबुक सञ्जाल सूचना पाउने तथा आफ्ना कमिकमजोरी अवगत हुने राम्रो माध्यम हुनसक्छ भनेर पेज बनाएका हौं।'
फेसबुक प्रयोगकर्ताले महाशाखाको वालमा पोस्ट गर्न सक्ने भएकाले ट्राफिकसम्बन्धी जानकारी र गुनासा प्रत्यक्ष रूपमा आउने शर्माको आशा छ। 'सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया आइरहेका छन्,' उनले भने, 'तिनलाई केलाएर सुधार गर्नुपर्ने विषयमा कारबाही अघि बढाइरहेका छौं।'



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login