बेग्ला–बेग्लै दुर्घटनामा दुईको मृत्यु, २८ घाइते

१९ साउन, सुनसरी । मुलुकका विभिन्न स्थानमा गएराति र आज बिहान भएका बेग्ला–बेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।  र्पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको ईन्द्रपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । को६प २५६६ र को७प ३५८ नम्बरका मोटरसाइकल गएराति आपसमा ठोक्किँदा झापा तोपगाछी-४ का ६० वर्षीय नरबहादुर श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मोरङ केराबारीका भक्तबहादुर श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  यसैबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको लहानमा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा २५ यात्रु घाइते भएका छन । घाइतेमध्ये चालकसहित पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट धरानका लागि छुटेको ना४ख ४३६७ नम्बरको बस उच्च गतिका कारण सन्तुलन गुमाई सडक किनारामा पल्टिएको हो । दुर्घटनामा घाइते भएकाहरुको लाहान जिल्ला अस्पताल र मकवानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  यता चितवनको भरतपुर-१० हाटबजार नजिकै ना३ख ९३५९ नम्बरको यात्रु बसको ठक्करबाट पैदलयात्री भरतपुर १० सिनर्जी चोकका ३६ वर्षीय बिष्णु रानाभाट विमला रानाभाट घाइते भएका छन् । घाईतेमध्ये विष्णुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेकोे छ ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login