प्रेमले अन्धो बनाएपछि....!

खोटाङ, २० साउन : आयुर्वेद औषधालय खोटाङको छैटौँ सहायक कर्मचारी रामकिशोर मण्डल विभागको काममा भन्दै आठ दिनअघि कार्यालयकी पियन सीता परियारसँग फरार भएपछि आजसम्म नफर्केको औषधालयका कर्मचारीहरुले बताएका छन् । मण्डलले कार्यालयकी पियन २६ वर्षीया सीता परियारसँग अनैतिक सम्बन्ध राख्दै आएको भन्ने बाहिरी हल्ला चलिरहेकै बेला दुवै जना बेपत्ता भएका छन् । चार जना छोरीका बाबु बनिसकेका मण्डलले अविवाहित सीता लिएर बेपत्ता भएपछि उनका श्रीमतीसमेत चिन्तित बनेकी छिन् ।कार्यालयका निमित्तप्रमुख अजयकुमार झा र लेखापाल नीलकमल निरौला एकसाथ विभागीय कामका लागि काठमाडौँ गएको मौका छोपी मण्डलले पनि सात दिनको काज मिलाएर केटीसँग फरार भएका हुन् ।कार्यालयका एक कर्मचारीले भने— ‘पटकपटक फोन गर्दा पनि सम्पर्क हुँदैन, उनीकहाँ छ भन्नेबारे कसैलाई थाहा छैन । काज अवधि सकिसक्यो तर आएका छैनन् ।’ करारमा जागिर खाँदै आएकी पियन सीता परियारको गत असार मसान्तमा नै अवधि सकिएपनि उनलाई अझै कार्यालयमा हाजिर गर्न दिइएबाट त्यहाँ कार्यरत कर्मचारीहरु चकित छन् । विभागले परियारको करार म्याद नथपे पनि रामकिशोर मण्डलले कुनै प्रक्रिया नअपनाई अन्य कर्मचारीहरुको छेउमै हाजिर गर्न लगाएको उनीहरुको भनाइ छ ।आक्रोशित हुँदै औषधालयका एक कर्मचारीले भने— ‘हाकिम र लेखापाल नभएको मौका छोपी मण्डलले सीतालाई हाजिर गरायो, फेरि पनि त्यसै ग¥यो भने प्रमुख जिल्ला अधिकारीलाई उजुरी गर्छु ।’स्रोतका अनुसार यी दुई जना अहिले जनकपुरमा रहेको जनाइएको छ । यता, मण्डलको श्रीमती भने चार छोरी च्यापेर श्रीमान्ले खोलिदिएको औषधि पसलमा श्रीमान्को बाटो पर्खेर बसिरहेकी छिन् ।  कार्यालयका सबै कर्मचारी बाहिर गएपछि जिल्ला औषधालयमा चौथो सहायक जदाशङ्कर झा मात्र कार्यरत छन् । दैनिक २० जनासम्म सेवाग्राही आउने औषधालयमा अन्य कर्मचारी नभएपछि दैनिक कामकाजमा समेत समस्या भएको जनाइएको छ ।मेचीकाली



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login