आमा, श्रीमती र दुई छोराछोरीको हत्या गर्ने पक्राउ

विक्रम गिरी, महेन्द्रनगर, साउन ३२- आमा, श्रीमती र दुई नाबालक छोराछोरीको हत्या गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति दुई बालबालिकासहित चार जनाको हत्या गरेर फरार रहेका ३२ वर्षीय धर्मानन्द नाथलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। उनले आमा, श्रीमती र दुई नाबालक छोराछोरीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्। घट्ना लगत्तै सम्पर्क बाहिर रहेका धर्मानन्दलाई मंगलबार राती भीमदत्त नगरपालिका-९ स्थित उनकै गाउँ नजिकैको खोलाबाट पक्राउ गरिएको हो।  उनले आइतबार राति ५० वर्षीया आमा हर्‍यानाथ, २५ वर्षीया श्रीमती धनादेवी, ६ वर्षीय छोरा रवि र ४ वर्षीया छोरी रेनुकाको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक दिलिप चौधरीले बताए। 'थप सोधपुछ चलिरहेको छ' एसपी चौधरीले भने।  मानसिक सन्तुलन ठिक नभएका धर्मानन्द घट्नापछि फरार रहेकाले हत्याको आरोप गाउँले र परिवारजनले उनीमाथि लगाएका थिए। तर उनी सम्पर्कमा नआएकाले उक्त हत्याकाण्ड रहस्यमय बनेको थियो।  उनलाई सीमा प्रहरी चौकी ब्रह्मदेवका इञ्चार्ज सई नरेन्द्रबहादुर चन्दको टोलीले पक्राउ गरेको हो। हत्या गरेपछि गाउँ नजिकैको जंगल गएर बसेको उनले प्रहरीसमक्ष बयान दिएका छन्।  आइतबार हत्या गरिएका चारै जनाको शव पोष्टमार्टमपछि आफन्तजनले मंगलबार दाहसंस्कार गरिसकेका छन्।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login