चितवन युवा समूह दोहा कतारको पाँचौँ प्रस्तुतीका कलाकारहरुको चयनकार्य सम्पन्न ।

रवि रोषी / दोहा  चितवन युवा समूह दोहा कतारको पाँचौ प्रस्तुती “चितवन धमाका साँझ २०११” कार्यक्रमको कलाकारहरुको चयनकार्य भईसकेको चियुसले जानकारी दिएको छ । यहि आउँदो इदको पहिलो र दोश्रो दिन दोहा जू को ड्रिमपार्कमा प्रदर्शन गर्न लागिएको सो कार्यक्रममा सवै कलाकारहरुको नयाँ प्रस्तुती रहने भएको छ । नेपालबाट आउन निश्चित भईसकेका कलाकारहरुमा चर्चित लोकगायक मिलन लामा तथा लोक गायिका शिला आले रहेकी छिन् भने आधुनिक तर्फ आधुनिक गीत तथा गजल गायक शिव परियारको साथमा नेपाली साकिरा भनेर परिचित ख्यातीप्राप्त पप तथा आधुनिक गायिका इन्दिरा जोशी पनि आउने भएकी छिन् । त्यस्तै गरी नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलको पनि विभिन्न नयाँ हास्य सामाग्री प्रस्तुती रहने सो कार्यक्रममा नवनायिका शशी खड्को दमदार नृत्य रहने छ । हालैको चर्चित मोडल तथा नृत्यांगना पूर्णिमा श्रेष्ठको पनि दमदार नृत्य रहने सो कार्यक्रममा कृष्ण फिल्म डान्स सेन्टरका डान्स डाइरेक्टर शिव वि.क.को विभिन्न  हास्य नृत्यहरु पनि समावेश रहने छ । उद्घोषिका मञ्जु पौडेलको उद्घोषणको साथमा साँझ ५ बजेबाट सुरु हुने सो कार्यक्रमको टिकट दर १००, ५०, ३५ र २० रहेको छ । सनैया, उमसईद तथा अलखोर बाट आउने दर्शकहरुको संख्याको आधारमा आउन जान बस सेवा पनि उपलव्ध गराईने कार्यक्रम संयोजक गणेश ढकालले बताएका छन् । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login