हाम्रा धर्मग्रन्थमा यौनिकताका कुरा

डा. अरुणा उप्रेती हाम्रा धार्मिक ग्रन्थहरूमा के यौन र यौनिकताको बारेमा छलफल भएको छ ? यौन सम्बन्धले के हाम्रो संस्कृतिमा स्थान पाएका छन् ? यस्ता प्रश्न अहिलेका युवा जमातमा सोध्यो भने युवा तिनले भन्लान्, 'कतै हाम्रो पवित्र धार्मिक ग्रन्थहरूमा पनि यस्ता कुरा लेखिन्छन् र ? तिनमा त मानवजीवनका सुन्दरतम पक्षहरूमात्र उल्लेख गरिएका हुन्छन् । दान, धर्म आदिका कुरामात्र त लेखिएका हुन्छन् ।' महाभारतका महिला पात्र कुन्ती र द्रौपदीको कथालाई अध्ययन गर्ने हो भने मानवजीवनको एक पक्ष यौनिकतालाई सहज रूपमा समेटिएको देखिन्छ । विवाह नभइकन नै कुन्तीबाट कर्णको जन्म भएको प्रसंगलाई उदाहरणका रूपमा लिन सकिन्छ । कर्णको जन्मपछि कुन्तीको पाण्डुसँग विवाह भएको थियो । पाण्डुको सन्तान जन्माउन सक्ने क्षमता थिएन, तर उनलाई जसरी भए पनि सन्तान चाहिएको थियो । त्यसैले कुन्तीलाई अन्य पुरुषसँग सम्बन्ध राखेर गर्भवती बनाउन विवश गराइयो । कुनै पनि विवाहित महिला पतिबाहेक अन्य व्यक्तिसँग सम्बन्ध राखेर गर्भवती हुने इच्छा गर्दिनन्, तर कुन्तीले अलग-अलग व्यक्तिसँग सम्बन्ध राखेर बच्चा जन्माउनुपर्‍यो । यतिमात्र होइन, जुन-जुन व्यक्तिबाट संसर्ग गरेर कुन्तीको बच्चा भएका थिए, उनीहरूकै नामबाट कुन्तीका छोराहरूको नाम राखियो । युधिष्ठिरलाई धर्मराज पुत्र भनियो । अर्जुन इन्द्रबाट प्राप्त भएकाले, इन्द्रको उनीप्रति विशेष मोह भएकाले इन्द्रले त उनलाई अनेक अस्त्र नै दिएका थिए ।  त्यसैगरी द्रौपदीलाई सती भनिन्छ, तर अर्कोतिर द्रौपदी त पाँच पाण्डवकी पत्नी थिइन्, कसरी उनी सती भइन् त ? त्यो बेलाको समाजले पनि द्रौपदीको यो सम्बन्धलाई त कुनै पनि हालतमा स्वीकार नगर्नुपर्ने थियो, तर द्रौपदीको अति सौन्दर्यताबाट प्रभावित भई पाण्डवहरू उनीमाथि आफ्नो अधिकार चाहन्थे । पत्नीका रूपमा उनीसँग यौनसम्बन्ध चाहन्थे । यदि द्रौपदीले अर्जुनलाई मात्र पति रोजेकी भए सायद पञ्च पाण्डव आपसमा झगडा गर्थे र आफैं नष्ट हुन्थे भन्ने कुरा कुन्तीले राम्ररी बुझेकी थिइन् । त्यसैले उनले द्रौपदीलाई पाँचै भाइसँग विवाह गर्न लगाइन् । अनि प्रत्येक पाण्डवले द्रौपदीसँग सम्बन्ध राख्न पाए । उनको यौनिकतामा पाँचै भाइ पाण्डवको नियन्त्रण भयो र उनीहरूको एकता भंग हुन पाएन । द्रौपदीको शरीरले वा अर्को शब्दमा उनीसँगको यौनसम्बन्धले सबै पाण्डवलाई एकैठाउँमा राख्न सक्यो ।  तर अहिले आएर यौन र यौनिकतालाई के-के न हो जस्तो बनाइएको छ । यसका बारेमा छलफल गर्दा समाज त खत्तम भएको छ भन्ने कुरा निस्किन्छ, अनि परिवार नियोजनका बारेमा किशोर-किशोरीलाई जानकारी दिन खोज्दा मानिसहरू भन्छन्, 'लौ यो समाज बिगार्ने कुरा भयो ।' सायद कुन्तीलाई परिवार नियोजनका बारेमा थाहा भएको भए उनले कर्णलाई जन्माएर बगाउनु पर्दैन थियो । कर्णलाई पानीमा बगाएको दुःखले कुन्तीलाई कहिल्यै छाडेन । अहिले पनि विवाह गरेपछि लामो समय गर्भवती नभएपछि भैरवको उत्तेजित लिंगको पूजा गर्ने चलन छ । अर्थात् धर्मले लिंगको पूजा गरेपछि महिला गर्भवती हुन्छिन् भनेपछि त धर्मले नै यौनलाई मानवजीवनमा कति ठूलो स्थान दिएको रहेछ भन्ने स्पष्ट हुँदैन र ?  यौन सम्बन्धको स्वतन्त्रतालाई हेर्ने हो भने व्यासको जन्म पराशर ऋषिको मत्स्यगन्धासँग सम्बन्ध भएर भएको थियो, तर त्यसले त मत्स्यगन्धालाई केही फरक परेन । उनले व्यासलाईर् जन्म दिइन् र पुनः परिवारमा नै बस्न थालिन् । जब राजा शान्तनु उनीप्रति मोहित भए र उनको विगतको कुरालाई पनि केही विचार नगरी उनलाई महारानी बनाएर भित्र्याए, सत्यवती कुमारी आमा भएर पनि उनले अपमानित भएर जीवन बिताउनुपरेन । अहिलेका युवालाई यौन, यौनिकता र यौनसम्बन्धका बारेमा बुझाउँदा यी कथाहरू सुनाएर सहजीकरण गर्न सकिन्छ कि ? किनभने यौन र यौनिकताप्रति धेरै भ्रम रहेका छन् । आत्मियता प्रेम, स्नेह आदि पनि यौनिकताका विषय हुन् भनी छलफल गर्दा धेरै किशोर-किशोरी वा ठूला व्यक्ति पनि अलमलमा पर्छन् । सूचनाको कमीले किशोरहरू 'स्वप्नदोष' भएपछि अति कमजोर भइन्छ भन्ने भ्रममा बस्छन् र उनीहरूको यो भ्रमलाई केही ठगहरूले 'व्यापार' गरेर अनेक औषधी बनाएर बेच्छन् ।  यौनिकता भनेको शारीरिक सम्बन्ध राख्ने विषयमात्र होइन । शारीरिक विकास, महिनावारी र स्वप्नदोषको बारेमा छलफल र निराकरण सबै यौनशिक्षा र यौनिकताका विषय हुन् । मानवीय वनशक्तिका सम्पूर्ण पक्षहरू यौनिकताभित्र पर्छन् । यौनिकता भनेको जीवनशक्तिको मुख्य स्रोत हो भन्ने कुरा परिवार र समाजलाई बुझाउन जरुरी भएको छ । हाम्रो देशका विभिन्न सांस्कृतिक चलनहरूले यौनिकताको महत्त्वलाई विभिन्न नृत्यहरू, रोदी घरको भेटघाट, धाननाच आदिजस्ता विभिन्न सांस्कृतिक चलनका माध्यमबाट अपनाइएको छ । यस चलनको माध्यमबाट उमेर पुगेका युवक-युवतीहरू एकअर्कासँग भेटघाट गर्छन्, मायापि्रती गाँस्छन् र अन्त्यमा विवाहको बन्धनमा बाँधिन्छन् ।   




source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login