विद्युत प्राधिकरणमा बम बिस्फोट

अमर खड्का, इटहरी, साउन २०- सुनसरी इटहरीको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा आज बिहान एक समूहले बम बिस्फोट गरेको छ। बिहान ४ बजेतिर गरेको प्रेसर कुकर बम बिस्फोटबाट कार्यालयको भर्‍याङ् र झयाल-ढोकामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। बम शक्तिशाली भएकोले क्षति पुगेको प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठले बताए। बम विस्फोटको जातीय सम्वद्ध मोर्चाले जिम्मेवारी लिएको छ।  मोर्चाले पछिल्लो तीन महिनायता पूर्वमा विभिन्न स्थानमा बम राखेर र बिस्फोट गरी आतंक फैलाउँदै आएको छ। मोर्चाले आज बिहान विद्युत प्राधिकरणमा बम बिस्फोट गरेको घटनासहित इटहरीमा मात्र चार पटक बम बिस्फोट गरिसकेको छ।  इटहरी बाहेक पूर्वको धरान, सप्तरी, मोरङ्को बेलबारी लगायतमा स्थानमा समेत मोर्चाले बम राखेर आतंक सृजना गर्र्दै आएको छ।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login