राष्ट्रपतिसामू प्रधानमन्त्रीले भने, ‘२८ गतेभित्र शान्ति प्रक्रिया अघि नबढे बाधक चिनाइदिन्छु’

काठमाडौं, श्रावण १८ -    साउन २८ गतेभित्र शान्ति प्रक्रिया ठोसरुपमा अघि नबढे प्रधानमन्त्रीले राजीनामा दिएको घोषणापछि बुधबार राष्ट्रपति रामवरण यादवले तीन दलका शीर्ष नेताहरुसँग भेट गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ८ बजेदेखि झण्डै डेड घण्टा भएको भेटमा शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।   भेटमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि विभिन्न आधारहरु सुझाएका थिए । उनले साउन २८ गतेभित्र शान्ति प्रक्रिया ठोसरुपमा अघि नबढे त्यसका बाधक को छन् जनतालाई चिनाउँदै राजीनामा दिने दोहोर्‍याए ।  प्रधानमन्त्री खनालले दलहरुका लागि अहिले पनि समय पर्याप्त रहेको उल्लेख गर्दै सरकारको नेतृत्वका लागि चक्रिय प्रणालीमा सहमति गर्न सकिने बताएको उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए  कांग्रेस सभापति सुशील कोइरालाले समयसीमा नै तोकेर प्रधानमन्त्रीले शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढाउने प्रतिबद्धताको स्वागत गरे । ‘प्रधानमन्त्रीले समयसीमा नै तोकेर गम्भीरता देखाउनुभएको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले भने, ‘अब तपाईंहरु अघि बढ्नुस्, यसमा जिम्मेवारी पनि तपाईंहरुकै बढि छ ।’ उनले पनि सहमतिको विकल्प नरहेको दोहोर्‍याए ।  माओवादी अध्यक्ष दाहालले भने शान्ति प्रक्रियामा माओवादी एकढिक्का भएको उल्लेख गर्दै शान्ति र संविधानको कार्ययोजना पास भइसकेको अवस्थामा शंका नगर्न आग्रह गरे । उनले लडाकुको रिग्रुपिङ, समायोजन मापदण्ड सहमतिमा तय गर्न सकिने बताए ।  राष्ट्रपति यादवले भने समयसीमा ख्याल गर्दै अघि बढ्न आग्रह गरेका छन् । उनको भनाइ उद्धृत गर्दै थापाले भने, ‘समय छोटो छ, तपाईंहरुबीच सहमति भए समस्या समाधान हुँदै जान्छ, गम्भीर भएर संघीय गणतन्त्रलाई जोगाऊनुस् ।’  भेटमा प्रधानमन्त्री खनालको आग्रहमा भएको स्रोतको दाबी छ । 


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login