मधुसुदन गुरगराइँ, बनेपा, साउन १८- पनौतीस्थित काभ्रे उच्चमाविका दुई विद्यार्थीले कक्षाकोठामै विष खाँदा दुवैको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ कक्षाकी विद्यार्थी आस्था गुल्लु तथा पनौती-४ का सरोज थापा छन्। बुधबार बिहान कक्षा सकिनासाथ दुवै विष सेवन गरेका थिए घटनास्थल पुगेका प्रहरी निरीक्षक सन्तोष तामाङले कक्षा सकिना साथ दुवैजनाले विष सेवन गरेको उल्लेख गरे। विष खाएर बेहोस बनेका उनीहरुलाई तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले दुवैको मृत्यु भइसकेको बताएका थिए।
source:-nagriknews
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires