कोमामै स्वदेश ल्याइयो शान्तिलाई

काठमाडौ, श्रावण २० - तेजबहादुरले एकोहोरो छोरीलाई हेरिराखे । छोरीले पनि एकोहोरो तेजबहादुरलाई हेरिरहिन् । ७ वर्षपछि भेटिएका यी बाबुछोरी बोल्न नसक्दा तेजबहादुरको आँखाभरि आँसुले ढाकेको थियो ।  छोरी शान्तिमाया दोङलाई मिल्ने भए गर्लम्म अँगालो हाल्न उनलाई मन थियो । तर एम्बुलेन्समा सुताइएकी छोरीलाई अँगालो हाल्न मिल्ने अवस्था थिएन । हेरी मात्रै रहे । 'छोरीको मुख बल्ल देख्न पाइयो,' निकै पछि मुख खोले, 'यति पनि देख्न नपाइएला भन्ने ठूलो पिर लागिरहेको थियो ।'  कुवेतको फर्बानिया अस्पतालमा ५ वर्षदेखि कोमामा उपचाररत शान्तिलाई बिहीबार 'मेडिकल स्कर्टिङ' मा स्वदेश ल्याइयो । उनलाई 'निरन्तर उपचार' का लागि पाटन अस्पतालमा भर्ना गरिएको छ । 'छोरी सम्पर्कविहीन भएकी थिइन्,' सुकौरा-२, मकवानपुरका तेजबहादुरले भने, 'एक वर्षअघि मात्रै अस्पतालमा कोमामा रहेको खबर पाएँ ।'  १९ वर्षको उमेरमा शान्ति आफन्त गोपीमाया दोङ र प्रतिमान रुम्बामार्फत घरेलु कामदारको रूपमा कुबेत गएकी थिइन् । उनी गएको एक वर्षमै दुर्घटनामा परिन् । 'पाँच तलाबाट हाम फालेकी रहिछिन्,' शान्तिमाया सँगै आएका कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव पुष्प भट्टराईले कान्तिपुरलाई भने, 'प्रहरीले अस्पताल पुर्‍याएको रहेछ । त्यसपछि लगातार त्यहीँ उपचार गरियो ।' घरबाट हामफाल्नुको कारण खुलेको छैन । लामो समय उपचार गरिरहे पनि उनको परिचय खुलेको थिएन ।  दूतावासले कुवेतको 'डिपोर्टटेसन सेन्टर' मा राहदानी फेला परेपछि मात्रै घर ठेगाना खुलेको हो ।  'अस्पतालले स्थिति सुधार नहुने भएपछि जुन अवस्थामा छ, त्यसैमा उपचार जारी राख्यो,' भट्टराईले भने । त्यस समयसम्मको सम्पूर्ण उपचार खर्च २९ हजार पाँच सय कुवेती डिनार -करिब ७६ लाख रुपैयाँ) अस्पतालले मिनाहा गरिदिएको छ । दूतावासले तुरुन्तै घर पठाउन खोजे पनि अस्पताल प्रशासनले 'शान्तिको नेपालमा हुने निरन्तर उपचारको ग्यारेन्टी' खोजेपछि प्रक्रिया लम्बिएको हो । वीर अस्पतालले 'बिरामीको हैसियत र उपलब्ध बेड' को आधारमा उपचार गर्ने बताएपछि फर्वानिया अस्पतालले पठाएन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको अनुरोधमा पाटन अस्पतालले बिरामी लिन सहमति भयो । बोर्डले बिरामी लिन गएका नेपाली नर्सलाई नेपालबाट कुवेत पठाएको थियो ।  'बिरामी ल्याउन साढे दुई लाख खर्च र नर्स पठायौं,' शान्तिलाई लिन विमानस्थल पुगेका बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने । 'उनलाई त्यहाँको नर्सले गरेको व्यहारबाट निकै प्रभावित भएँ,' बिरामी लिएर आएकी नर्स सावित्री भण्डारीले भनिन्, 'हेरविचारमा ज्यादै ध्यान पुर्‍याएका रहेछन् ।'  शान्ति पूरै अचेत रहेकाले खानासमेत पेटबाट दिइएको छ । 'अचेतले खाना निल्न सक्दैन, पेटमा पाइप राखिएको छ,' भण्डारीले भनिन्, 'यहाँ औषधि उपचार गर्नु पर्दैन । यही अवस्थाको हेरविचार जरुरी छ ।' उनको परिवारलाई सघाउ पुर्‍याउन कुवेतमा रहेका नेपाली समुदायले हजार डिनार -करिब दुई लाख ६० हजार रुपैयाँ) संकलन गरेका छन् ।   


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login