गुफाकै कमाइ एक करोड

मनोज अधिकारी, पोखरा, साउन १८- गुफाहरू ठाउँठाउँमा फेला पर्छन्, चर्चामा आउँछन्, अनि त्यत्तिकै ओझेल पर्छन्। पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफा भने आफ्नै आम्दानीबाट सुलभ दरको क्याम्पस सञ्चालन गरिरहेको छ। डेभिज फलबाट खसेको पानीको झरना गुफाभित्रैबाट देखिने विशेषताले गत वर्ष करिब एक लाख पर्यटक यहाँ घुम्न आए। ४० मिटर गहिराइमा रहेको गुप्तेश्वर महादेव मन्दिरले नेपाल र भारतका हजारौं भक्तजन आकर्षित गर्‍यो। भारतबाट आउने धार्मिक पर्यटक त यसलाई शक्तिपीठकै रूपमा लिन्छन्।  आर्थिक वर्ष २०६७/६८ मा मात्रै गुफाले एक करोड रुपैयाँ आम्दानी गर्‍यो। अघिल्लो वर्ष करिब ५५ लाख रुपैयाँ कमाएको थियो। गुफा व्यवस्थान समितिले यही स्रोतबाट २०६४ देखि 'गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस' सञ्चालन गर्दै आएको छ।  'तेस्रो मुलुकका पर्यटक खासै नआए पनि नेपाली र भारतीयकै कारण एक वर्षमै एक करोड आम्दानी गर्न सफल भयौं,' समितिका अध्यक्ष खगराज शर्मा आचार्यले नागरिकसँग भने, 'स्थानीय विद्यार्थीलाई सुलभ दरमा स्तरीय शिक्षा दिन आफ्नै स्रोत परिचालन गरेर क्याम्पस सञ्चालन गरेका छौं।'  शिक्षा र व्यवस्थापन संकाय अध्यापन हुने उक्त क्याम्पसमा २ सय विद्यार्थी छन्। केही वर्षभित्रै व्यवस्थापनमा स्नातकोत्तरसम्म पढाउने योजना छ। दुवै संकायमा महिनाको ५ सय रुपैयाँ शुल्क रहेको आचार्यले जानकारी दिए। २५ विद्यार्थीले छात्रवृत्ति पाएका छन्। यहाँ छोरेपाटनदेखि कास्कीकै निर्मलपोखरी, कृस्ती, पुम्दीभुम्दी र स्याङ्जाका फेदीखोला, टक्सार र आरुखर्कसम्मका विद्यार्थी आउँछन्।  भौतिक पूर्वाधारदेखि दैनिक सञ्चालन खर्चको स्रोत गुफा नै हो। शिक्षक र कर्मचारी गरी २७ जनाको तलब, कम्प्युटर ल्याब, पुस्तकालय व्यवस्थापन र सञ्चालन लगायत खर्च गुफाबाटै बेहोरिने क्याम्पसका कर्मचारी ऋषिराम बरालले बताए। यसै वर्ष क्याम्पस भवनको तेस्रो तल्ला विस्तार गर्न ३५ लाखभन्दा बढी लागेको उनले बताए।  'गुणस्तरीय शिक्षा दिन यसै वर्षदेखि मल्टिमिडिया प्रोजेक्टबाट पढाउन थालिएको छ,' उनले भने, 'पर्यटकीय आकर्षणका लागि धार्मिक र पर्यटकीय पुस्तकालयसमेत राखेका छौं।'  अन्य जिज्ञासुले पनि पढ्न पाउन् भनेर छुट्टै भवन बनाएर पुस्तकालय बाहिर सार्ने तयारी भइरहेको छ। समितिका अध्यक्ष आचार्यले दस वर्षभित्र गुप्तेश्वर सामुदायिक अस्पताल बनाउने योजनासमेत सुनाए।  समितिले व्यक्तिको जमिन रहेको गुफा र त्यस वरपरका भागलाई मुआब्जा दिएर सामुदायिक रूपमा सञ्चालन गरेको हो। गुफाको भित्री भाग मर्मत गर्न वर्षेनी ४-५ लाख रुपैयाँ खर्च हुन्छ।  बर्खामा फेवाताल नाघेर धेरै पानी बाहिर निकास हुने भएकाले डेभिज फलबाट खसेको बाढीले गुफाको सय मिटरसम्म डुबाउने गरेको छ। बर्खापछि पानीले भत्किाएको भाग सधैं मर्मत गर्नुपर्ने आचार्यले बताए। समितिले असार, साउन र भदौमा पर्यटकलाई मन्दिरभन्दा तल्लो भागको भ्रमणमा रोक लगाउने गरेको छ।  गुफा घुम्न विदेशी पर्यटकले १ सय, नेपालीले ५० र विद्यार्थीले ३५ रुपैयाँ तिर्नुपर्छ। समितिका कार्यालय प्रमुख नारायण पौडेलका अनुसार यहाँ आउनेमध्ये ५० प्रतिशत विद्यार्थी हुन्छन्। विदेशी १० र नेपाली ४० प्रतिशत छन्।  'तेस्रो मुलुकका पर्यटक भिœयाएर आम्दानी बढाउन प्रचारप्रसारको योजना ल्याएका छौं,' पौडेलले भने, 'गुफाको वेबसाइट बनाउने र पर्चा छापेर बाँड्ने कार्यक्रम छिट्टै सुरु हुन्छ।'



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login