सर्लाही,श्रावण१६-झिम नदीमा आइतबार आएको बाढीले पाँचवटा साना तटबन्ध भत्काएर पानी गाउँ पसेको छ । बेलुका ६ बजेपछि नदीमा एक्कासि पानी बढेर तटबन्ध भत्काएको थियो ।तटबन्ध भत्काएपछि नदीको पानी ब्रम्हपुरी, भेल्ही, त्रिभुवननगर र सदरमुकाम मलंगवातर्फ पस्न थालेको छ । बाढी बढेपछि सुरक्षा निकायका प्रमुखहरू दलबल र तटबन्धका अस्थायी सामग्रीसहित बाढीको स्थिति बुझ्न झिम नदी पुगेका छन् ।सशस्त्र प्रहरी उपरीक्षक पद्मसिंह ऐरले नदीको पानी तटबन्धभन्दा माथिबाट बगेर भत्काएको बताए ।तटबन्ध भत्केपछि गाउँमा पानी पसेको छ, उनले भने, क्रमशः बाढी घट्दै गएकाले तत्काल खतरा भने देखिन्न ।बाढीको पानीबाट लुकासम्म धनजनको नोक्सानी भने भएको छैन । पानीको सतह नघटी बोरामा बालुवा भरेर अस्थायी तटबन्ध बनाउन नमिल्ने अवस्था रहेको ऐरले जानकारी दिए । नदी किनारमा बोरामा बालुवा भरेर ५१ सशस्त्र प्रहरी तयारी अवस्थामा बसेका छन् । सम्साँझै झिमले बाँध फुटाएको हल्ला फैलिएपछि नजिकका बासिन्दा त्रसित भएका छन् । janakpurtoday
»
तटबन्ध भत्केर बाढी गाउँमा
तटबन्ध भत्केर बाढी गाउँमा
Posted by Unknown
on 10:30 AM
in
|
0
commentaires
Tags:


0 commentaires