पूर्व डिएसपीलाई नक्कली सुन देखाई ३५ लाख रुपियाँ ठगे

भक्तपुर, साउन २- भक्तपुरमा पछिलो समय अवैध डरलको ठगी बढिरहेका बेला सुनको नक्कली कारोबारले तीब्रता पाएको छ। भक्तपुर नपा-७, कमलविनायकस्थित शिवकुमार थापालाई नक्कली सुनको खरिद बिक्रीमा भारतीय मूलका तीन जना गिरोहले ठगी गरेको हो।     लामो समयदेखि उनीसँगै सामिप्य रहेका तीन भारतीय व्यक्तिले प्रलोभनमा पारी ४ किलो ४ सय ग्राम सुन भनी ४ सय ७ वटा भिक्टोरिया १८९१ अङ्कित सिक्का दिएर ठगी गरेका हुन्।   एक महिनादेखि कारोबारको संवाद गरिरहेका थापा र सो गिरोहबीच साउन १ गते बिहान थापाको निजी निवासमा पुगेर सक्कली सुनका तीन चार वटा सिक्का देखाई दिउसो ३ बजेतिर आएर ४ सय ७ थान सिक्का दिई ३५ लाख रुपियाँ लिएर भागेका थिए। थापाले लिएको सुन राष्ट्रिय वाणिज्य ब्याङ्कमा राख्‍न जाँदा नक्कली भएका थाहा पाएका थिए।   प्रहरी प्रभाग जगातीका अनुसार हालसम्म गरिएको अनुसन्धानमा दुवै पक्ष दाषी देखिएको छ। प्रभागका प्रहरी निरीक्षक केशव थैवका अनुसार भारी मात्रामा सुनको कारोबार गैरकानुनी भएको भन्दै गिरोहको खोजतलास भइरहेको र ठगिएका थापा पनि प्रहरी निगरानीमा रहेको उक्त कार्यालयले बताएको छ।  कारोबारपश्‍चात् सो गिरोहले थापालाई केरा खुवाई लठ्ठ पारेका कारण भाग्न सफल भएको उनको पारिवारिक स्रोतले बताएको छ। थापा भने अनुसन्धानमा अवरोध आउने भन्दै हालसम्म सो घटनाबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानिरहेका छैनन्। गिरोहमा ५०-५५ वर्षका एक पुरुष, अन्दाजी ४० वर्षकी एक महिला र २० वर्षका एक युवक संलग्न रहेको प्रहरीले बताएको छ।  गैरकानुनी सुन खरिद बिक्रीमा संलग्न देखिएका राष्ट्रिय अनुसन्धानका डिएसपी रहिसकेका शिवकुमार थापाबाट थप रहस्य खुल्न सक्ने प्रहरीले जनाएको छ।  - रोशन शिल्पकार


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login