१९५० को नेपाल भारत मैत्रि सन्धी संशोधन र परिमार्जन हुन नसक्ने

काठमाडौ,१५ साउन।नेपाल सरकारका उपप्रधान तथा परराष्टूमन्त्री उपेन्द्र यादवले नेपाल र भारतको सम्बन्धको आधार बनेको सन् १९५० को नेपाल भारत मैत्रि सन्धी संसोधन र परिमार्जन हुनै नसक्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले भने-१९५० को सन्धी संसोधन र परिमार्जन गर्ने आधार नै छैन । उनले नेपालका राजनीतिक दलहरुले लोकप्रियातको लागि सडकमा सन्धी खारेजीको नारा लगाउने गरेको आरोप लगाउँदै प्रत्यक्ष भेटवार्तामा भारतसँग सो विषयमा कुनै पनि सरकार र दलहरुले कुरा उठाउने हिम्मत गर्न नसकेको दावी गरे । भारतसँगको कुराकानीमा कसैले खारेज गर्नु पर्ने भनाई राख्ने हिम्मत गरेका छैनन उनले भने । १९५० को सन्धीको विषयमा भारत सरकार खुला रहेको उल्लेख गर्दै उनले भने- नेपाल कस्तो सम्बन्ध र सन्धी चाहन्छ त्यसका लागि भारत तयार छ । खुल्ला सिमानाका कारण नेपाल र भारतवीचको सम्बन्धमा जटिलता र अविश्वास देखा परे पनि त्यसको समाधान कुटनीतिक माध्यमबाट खोज्नु पर्ने उल्लेख गर्दै यादवले सम्बन्धलाई सडकको नारा बनाउने कार्य उचित नभएको तर्क गरे । जनकपुर टुडे

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login