मुम्बई, साउन ७ -'म पछुताउन जान्दिन,' लामो मोटरसाइकल यात्रापछि हृतीक रोशनलाई किस गर्न पुगेकी कैटरिनाले दिएको जवाफ मन पराउनले यो जोडी त्यही बाइकमा एकसाथ देख्दैनन्। यो जोडीको फिल्म जिन्दगी ना मिले दुवारा सफल भयो। कैफले यो फिल्मसँगै हेभी मोटरसाइकल चलाउन सिकिन्। अन स्क्रिनमा उनको मोटरसाइकल पछाडि कहिल्यै नबसेका हृतीक शुक्रबार साँझ भने कैटको पछाडि सिटमा भेटिए। शुक्रबार साँझ बान्द्रामा यो जोडी बाइकमा थियो। बान्द्रामा देखिएको सिन पर्दा बाहिरकै हो। फिल्म प्रवर्द्धनमा जुटेका हिरो हिरोइनको लोभलाग्दो मोटरसाइकल यात्रा वास्तवमै सेक्सिलो देखिन्थ्यो। फिल्मका निर्माता रितेष सिद्वानी यसमा कैटलाई नै क्रेडिट दिने मुडमा छन्। 'हामीले चाहेजस्तै पायौं,' कैटको मोटरसाइकल हकाँईप्रति उनको टिप्पणी यस्तै थियो। 'मुम्बईमा हुँदा मैले हल्का मोटरसाइकल चलाएपनि हेभी भने स्पेनमा नै सिकेँ,' कैटले भनिन्, 'पाँच दिन लाग्यो मैले मोटरसाइकल सिक्न।' बाइक चलाउनेमात्र होइन अब त उनलाई हेभी मोटरबाइक किन्ने रहर नै लागेको छ। उनी हार्डली डेभिन्सन नै किन्ने मुडमा रहेको चर्चा बलिउडमा छ। -एजेन्सी
source:-nagriknews



0 commentaires