एम्बुलेन्स दुर्घटनामा दुई घाइते

उदयपुर, श्रावण ७ - सिरहाको लहान बजारबाट बिरामी लिन जाँदै गरेको एउटा एम्बुलेन्स शनिबार बिहान उदयपुरको भलायडाडाँ - ३ अँधेरी खोलामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।  नेपाल रेडक्रस सोसाइटी लाहान शाखाको बा.५ प ७८७० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये लाहानकी ३२ बर्षीया निर्मला दाहाल र चालक हरीनारायण यादवको अवस्था गंम्भीर छ । दहालको देबे्र खुट्टा भाँचिएको र चालक यादवको शरीरमा चोटपटक लागेको जनाएको छ । अन्य दुईको नाम खुलेको छैन ।  घाइते दाहाललाई उपचारका लागि काठमाडौं लगिएको छ भने  चालक यादवको लाहान नर्सिङ्गहोममा उपचार भइरहेको छ ।  पञ्चावती गाविसस्थित नेपालटार बजारमा बिरामी लिन जँदै गर्दा अँधेरी खोलाको उकालोमा एम्बुलेन्सको सापट भाँचिएर पछाडि सर्दा दुर्घटना भएको हो । दुर्घटनामा परेको एम्बुलेन्स सडकबाट करीब १० मिटर तल खसेको स्थानीयले बताएका छन्  ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login