४ साउन, काठमाडौँ । सामुहिक वलात्कारको शिकार भइ अचेत अबस्थामा पुगेकी भोजपुर खातम्बा ५ की २० बर्षीय आनी (भिक्षुणी) को उपचार सरकारले गरिदिने भएको छ । आनीको भारतको सिलगुडीमा उपचारपश्चात पनि होस् खुल्न नसकेपछि काठमाडौँको शिक्षण अस्पतालमा उपचार भैइरहेको र सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको हो । आनीलाई धरानबाट भोजपुरतर्फ यात्रुवाहक बसबाट जाने क्रममा संखुवासभाको सभाखोलामा ना २ ख १३९५ नम्बरको चालक राजु लिम्बु, सह चालक भुवन गुरुङ, खलासी शोभित मगर, अभिषेक मगर र को १ ख २७२८ का खलासी द्रोणबहादुर राईले गत असार ११ गते सामुहिक करणी गरेका थिए । करणीमा संलग्न उनीहरुलाई जेल चलान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमबहादुर थापाले टेलिफोनमा जानकारी दिए । सो घटनामा संलग्न बस भने छाडिएको उनले जानकारी दिए । आनीको उपचारको क्रममा केही सुधार आए पनि मानशिक सन्तुलन भने गुमेको बताइएको छ ।
पूर्वेली टाईम्स


0 commentaires