गोही उद्धार गर्दा सशस्त्रका जवानको ज्यान गयो



२४ असार, नवलपरासी । नवलपरासीस्थित गण्डक नहरमा फेला परेको गोही उद्धार गर्ने क्रममा घाइते भएका एक सशस्त्र प्रहरी जवानको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । अर्का एक जवान गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका छन् ।  चितवनस्थित वन्यजन्तु आरक्ष केन्द्रको कसराबाट नारायणी नदीहुादै गण्डक नहरमा आएको गोही सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ट्रकबाट खसेका सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुठी परसौनीमा कार्यरत सहायक हवल्दार हर्कबहादुर महराको काठमाडौँमा उपचारका क्रममा ज्यान गएको हो ।  ट्र्रकमा राखेर त्रिवेणी रेन्ज पोष्ट लैजाँदै गरेको अवस्थामा गोहीले आक्रमण गर्न खोजेपछि ट्रकबाट हाम फाल्ने क्रममा लडेर महराको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको थियो ।  महराको उपचारकै क्रममा काठमाडौंमा आज ज्यान गएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल गुठी परसौनीका प्रहरी निरीक्षक केदारजंग राणाले बताए ।


onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login