अमेरिकामा पुराणबाट लाखौं डलर बटुल्दै दीनबन्धु

बोष्टन । देश बिदेशमा पुराणबाचनबाट करोडौं रुपैयाँ संकलन गरि सामाजिक कार्यमा लगाएका वाचन प्रविण दीनवन्धु पोखरेल यतिखेर अमेरिकाका बिभिन्न शहरमा पुराण लगाउन ब्यस्त छन् । अमेरिकामा रहेका नेपाली संघसंस्थाको निम्तोमा त्यहाँ मन्दिर तथा सांस्कृतिक केन्द्रहरुको निर्माणका लागि पोखरेल पुराण लगाइरहेका छन् । श्री पशुपतिनाथ फाउन्डेशन यूएसएले लस एन्जलसमा आयोजना गरेको श्रीमद भागवत महापुराण ‘सप्ताह महायज्ञ’ मा करिव दश लाख डलर संकलन भएको छ ।
यसैगरी पोखरेलले क्यालिफोर्नियाकै उत्तरी क्यालिफोर्नियास्थित नेपालीहरुको संस्था नेपाल एसोसिएसन अफ नर्थन क्यालिफोर्नियाको आयोजनामा सानफ्रान्सिस्कोमा यही जुलाई ११ र १२ पुराणबाचन गरेका छन् । जसबाट २ लाख १४ हजार ७ सय ९ डलर जम्मा भएको संस्थाद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । उत्तरी क्यालिफोर्नियामा कम्युनिटी हल निर्माणका लागि सो रकम संकलन गरिएको बताइएको छ । यस्तै दीनबन्धुले बाल्टिमोरमा जुलाई १७ र १८ तारिखमा दुई दिने पुराण कार्यक्रम संचालन गर्दैछन जसको संयोजन गरिरहेको छ बाल्टिमोर एसोसिएन अफ नेप्लिज इन अमेरिकाले ।
लसएन्जलसमा पुराणबाट दश लाख डलर संकलन
श्री पशुपतिनाथ फाउन्डेशन यू एस ए ले लस एन्जलसमा आयोजना गरेको श्रीमद भागवत महापुराण ‘सप्ताह महायज्ञ’ आइतबार जुलाई १० तारिख समापन भएको छ ।
बाचन प्रबिण पन्डित दीनबन्धु पोखरेलले वाचन गर्नुभएको महायज्ञ समापनको दिनमा नुवाकोट निबासी तथा हाल अमेरिकामा आफ्नो ब्यवसाय गर्दै आउनुभएका एकराजद्धठनीरा पाण्डेले एक लाख एघार हजार एक सय एघार डलर (करिब असी लाख रुपैयाँ) दान गर्नुभएको छ । सप्ताहको अन्तसम्ममा सबैभन्दा बढी रकम दान गर्नेमा पाण्डे परिवार पर्नुभएको छ ।
सामुदायिक केन्द्र, पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा निर्माण सहयोगार्थ आयोजित सप्ताह कार्यक्रममा दश लाख डलर (करिब सात करोड पच्चिस लाख रुपैयाँ) दान संकलन भएको छ ।
समापनको दिनमा मात्रै चार लाख डलर दान संकलन गरिएको थियो । बाचन शिरोमणी स्व नारायणप्रसाद पोखरेलले शुरु गर्नुभएको ‘भक्तिद्वारा समाज परिबर्तन’ को अभियानलाई निरन्तरता दिदैं आउनुभएका स्व पोख्रेलका सुपुत्र बाचन प्रबिण पन्डित दीनबन्धु पोखरेलको ‘आध्यात्मको आधुनिक व्याख्या र युवा शक्तिप्रति जोड’ सम्मिश्रणको जादुमय वाचन कला सुन्न कार्यव|mमको सातै दिन भक्तालुहरुको खचाखच भिडले होस्टेमा हैंसे गर्दै एक डलरदेखि एक लाख डलरसम्मको दान उठाउन सफल भएको छ । ‘अठार महिनाको स्थापनाको छोटो समयमै प्रबासी नेपाली समाजको इतिहासमा आश्चर्यजनक यस सप्ताह महायज्ञमा उपस्थित भक्तालुहरुको बल र सेवादानले सामुदायिक केन्द्रको आंगन, पशुपती मन्दिरको झझल्को मेटाउने मन्दिरको सपना छिट्टै पुरा हुने’ बचन दिनुहुन्छ, बिरेन्चोक गोरखा निवासी हाल लस एन्जलसमा रहनुहुने फाउन्डेशनका कोशाध्यक्ष तथा महापुराण आयोजक समितिका संयोजक पुन्नाखर ढकाल । ‘अनेकतामा एकता, सम्पूर्ण नेपाली समाजबिचको समझदारी र सद्भाब नै प्रबासी समाजको दायित्वबोध एबम कर्तब्य हो भन्ने भावनाका साथ सानो सपनाले शुरु भएको फाउन्डेशन आज दश लाख डलर दान जम्मा गर्न सफल भएको छ ।’ संयोजक ढकाल थप्नुहुन्छ, ‘जहां रहे पनि एक हुने नेपाली मात्रको पहिचान र सहयोगमा एकरुपताको प्रतिबद्धताले अब हामि आफ्नै आंगनीमा सामुदायिक केन्द्र, मन्दिर र स्तुपा निर्माणको सुन्दर सपनाको सांचो बिपना नजिक पुगेका छौं ।’

समापन समारोहमा फाउन्डेशनका अध्यक्ष तथा समापन समारोहका सभाध्यक्ष भक्त थापाले निमन्त्रणा स्विकारी अमेरिका आउनुभएका बाचन प्रबिण दीनबन्धु पोखरेललाई सम्मान पत्रले सम्मानीत गर्नुभएको थियो । अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले फोनमार्फत यस ऐतिहासिक महायज्ञ, आयोजक समिति र बाचन प्रबिण पण्डित पोखरेलप्रति आभार र धन्यबाद प्रकट गर्नुभएको थियो । भक्तालुहरुले आफ्ना स्व मातापिता, स्व दाजुभाइको सम्झनामा पचासौं हजार डलर दान गरेका थिए । उपाध्यक्ष शिव अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष बासु घिमिरे, महासचिब प्रेम गुरागाई सल्लाहकार बेदभक्त जोशी, उपाध्यक्ष गोकुल पौडेल, दाता एकराज पाण्डे लगायतले आ­आफ्ना मन्तन्य राख्नुभएको थियो


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login