कार्यकक्षमै मदिरा सेवन गर्ने निमित्त प्रमुखसहित दुई कर्मचारी हिरासतमा

रुकुम, श्रावण १३ - कार्यालय समयमा प्रमुखको कार्यक्षमै बसेर मदिरा सेवन गर्ने मालपोतका निमित्त प्रमुखसहित दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरी दुई दिनदेखि हिरासतमा राखेको छ ।   जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख नविन खड्का र नायब सुब्बा गोरखबहादुर खड्कालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । कार्यालय समयमै रक्सी सेवन गरेको भेटेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको आदेशमा उनीहरुलाई पक्राउ गरिएको हो ।  प्रहरी निरीक्षक किशोर श्रेष्ठका अनुसार सेवाग्राहीले  जिल्ला प्रशासनमा मौखिक गुनासो दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । ‘कार्यालय समयमा सेवाग्राहीको काम नगरि मदिरा सेवन गरेको भेटाएपछि प्रहरीले कर्मचारीहरुलाई पक्राउ गरेको हो’ प्रजिअ  अधिकारीले भने ‘उनीहरुलाई आवश्यक कारबाहीको लागि माथिल्ला निकायहरुमा पत्राचार गरिएको छ ।’  प्रहरीका अनुसार उनीहरुले पटक पटक कार्यालय समयमै मदिरा सेवन गर्ने गरेका थिए । दुबै कर्मचारीले एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसंग  आईन्दा रक्सी नखाने भन्दै माफी मागेका थिए ।  कार्यालय प्रमुख आरामविक्रम शाह विदामा रहेकाले एकसातादेखि  नायब सुव्वा नबिन खड्काले निमित्त कार्यालय प्रमुख चलाईरहेका छन् ।  निमित्त कार्यालय प्रमुख र नायब सुव्वा पक्राउ परेपछि सेवाग्राहीको कामकाजमा भने बाधा पुगेको छ । कार्यालयका कर्मचारीहरुका अनुसार निमित्त प्रमुखले एक सेवाग्राहीलाई जग्गा पास गरेबापत भोज खुवाउन भनेपछि सेवाग्राहीले नै मदिरा ल्याएका थिए ।   




source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login