प्रधानमन्त्री कार्यालय र यूथ क्याम्पमा गोली चल्दा ८७ जनाको मृत्यु

काठमाडौं, श्रावण ७ - नर्वेको राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयमा शनिबार बिहान भएको विष्फोटमा ७ जनाको मृत्यु भएको छ । राजधानी बाहिरको यूथ क्याम्पमा बन्दुकधारीको आक्रमणमा भने ८० जनाको मृत्यु भएको छ ।  विष्फोटकाबेला प्रधानमन्त्री जेन्स स्टोलटेनबर्ग भने कार्यालयमा थिएनन् । हमला आतंकवादीले हो वा अरु कसैले खुलेको छैन । प्रधानमन्त्री कार्यालय बाहिर एउटा कार थियो, जहाँ बम राखिएको अनुमान गरिएको छ ।  संदिग्ध आक्रमणकारी बेहरिङ ब्रिविक रहेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्फोट गराइएको क्षेत्रमा प्रधानमन्त्री कार्यालयका साथै अर्थ मन्त्रालय र एक टेब्लोइड पत्रिको कार्यालय थियो ।  प्रहरी पोशाकमा रहेको व्यक्तिले राजधानी बाहिर रहेको लेबर पार्टीको यूथ क्याम्पमा अन्धाधुन्ध फायरिङ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login