एक्लैले २७ लाख खर्चेर खानेपानी

श्रीकृष्णगण्डकी (स्याङ्जा)- , श्रावण १ - कतिपय समाजमा छुवाछूत प्रथा अझै हटिसकेको छैन । तर श्रीकृष्णगण्डकीको गुरुङदीका एक दलितलाई स्थानीय बासिन्दाले 'भगवानै' मान्छन् । २७ लाख रुपैयाँ निजी लगानीले गाउँमा खानेपानी योजना बनाइदिएपछि तेजप्रसाद विश्वकर्मा सबैका प्रिय बनेका हुन् । गाउँमा पानीको कुनै स्रोत थिएन । गाउँलेहरू दुई-तीन घन्टा हिँडेर छिमेकी गाउँहरू श्याम्दी, घोरपान्दी, पहिरो खोलाबाट ल्याउँथे । विश्वकर्माले गाउँभन्दा तलको माझखोलाबाट ५ सय मिटरमाथि पानी तानेर ट्यांकीमा जम्मा गरी वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।  'गाउँमा पानीको निकै समस्या थियो,' स्थानीय भुवानन्द न्यौपानेले भने, 'उनले पुस्तौंदेखिको दुःख बिर्साइदिए ।' अहिले गाउँमा १२ वटा धारा बनाइएको छ । ७५ घरधुरीले खानेपानी उपयोग गर्छन् । 'सबैलाई पायक पर्ने ठाउँ मिलाएर टोल-टोलमा धारा राखिएको छ,' सन्तलाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर सुनारले भने, 'सामूहिक धाराबाट छुट्टाछुट्टै पाइप जडान गरी घर-घरमा पनि पानी पुगेको छ ।' करिब १५ हजार लिटर क्षमताको पानी ट्यांकी छ । हरेक दिन १२ हजार लिटर पानी वितरण हुने समितिले जनाएको छ । पानी भएपछि गाउँमा सरसफाइ बढेको न्यौपानेले बताए । 'हरेक वषर्ामा झाडापखाला हुन्थ्यो तर धाराको पानी पिउन र अन्य सफाइ गर्न पाएपछि कसैलाई झाडापखाला लागेको छैन,' उनले भने ।  स्थानीय कविता थापाले समय बचेको बताइन् । 'कहिलेकाहीं त छोराछोरीले समेत पानी बोक्नुपर्ने हुँदा स्कुल जान पाउँदैनथे,' उनले भनिन् ।  विश्वकर्माले हजुरबुबा सन्तलाल स्मृतिमा आयोजना निर्माण गरेका हुन् । उनले निर्माण सामग्री र ढुवानी खर्च तथा नगद सहयोग गरेका थिए भने गाउँलेले श्रमदान । आयोजना २०६७ असारमा सुरु भएको थियो । 'सानो छँदा स्कुल नगई पानी बोक्नुपथ्र्याे,' हाल बुटवलमा बस्दै गर्दै आएका उनले सम्भिmए, 'त्यति बेलाको दुःख सम्झेर अहिले खानेपानीमा सहयोग गरेको हुँ ।' आयोजना सञ्चालन गर्न प्रत्येक घरबाट मासिक २ सय रुपैयाँ संकलन गरिएको छ । उक्त रकमले लिफ्ट गर्दाको विद्युत् खर्चदेखि भविष्यमा अन्य मर्मतका काम गर्ने योजना समितिको छ ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login