गर्भावस्थामा बढी खानाले मोटोपन

काठमाडौ, अषाढ ३२ - गर्भावस्थामा महिलालाई सामान्यतः दुई व्यक्तिले खाने बराबर खाना सल्लाह दिइन्छ । तर अनुसन्धानकर्ताहरूका अनुसार गर्भावस्थाको समय आवश्यकताभन्दा बढी खाँदा जीवनभर मोटोपनाको सिकार हुनुपर्ने हुन्छ ।  बि्रस्टल विश्वविद्यालयका अध्ययनकर्ता एबिगैल फ्रेजरका अनुसार गर्भावस्थाका महिलालाई आवश्यकताभन्दा बढी खाना खानुबाट वञ्चित तुल्याउनुपर्छ ।  उनीहरूलाई मुख्यतः गर्भावस्थाको ६ महिनाको समयमा आवश्यकताभन्दा बढी खानुबाट टाढा राख्नै पर्छ । यो समयमा बढी खाना लिनाले शरीरमा बोसो जम्मा हुन्छ, जबकि सुरुवाती ६ महिना गर्भमा विकसित भइरहेको शिशुको विकासका लागि वास्तवमा त्यति बढी बोसो आवश्यकता नै हुँदैन ।  अनुसन्धानमा गर्भावस्थाको समय तौल बढ्नु सामान्य मानिएको छ । तर गर्भावस्थाको समय जुन महिलाको तौल आवश्यकताभन्दा बढी बढछ, १६ वर्षपछि उनीहरूको तौल तीनगुणा बढ्छ र शरीर स्याउ आकारको हुन जान्छ । गर्भवती हुने समय स्वस्थ रहने र तौलमा सामान्य मात्रै वृद्घि हुने महिलामा जीवनभर मोटोपन कम हुने पनि अनुसन्धानले औंल्याएको छ ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login