एसएमएसबाट ठग्गिएला !

एउटाको नाममा अर्कैको आउन सक्छ कुनै पनि बेला आफन्तकै नम्बर र नामबाट एसएमएस सन्देश आउन सक्छ, त्यसलाई कुराकानी या भेटघाटमार्फत पुष्टि नगरी कामै गर्नुभयो भने तपाईं ठूलै समस्यामा पर्न सक्नु हुन्छ । होसियार ! तपाइकै नम्बरबाट पनि कसैलाई त्यस्तो एसएमएस जान सक्छ ! र, तपाईं कानुनी फन्दामा पर्न पनि के बेर ! बैंक, वित्तीय संस्था तथा अन्य संस्थाले एसएमएसमार्फत सेवा लिन/दिन सकिने प्रविधि विकास गरिरहेका बेला एसएमएसकै विश्वसनीयता घटेको हो । महानगरीय अपराध महाशाखाले केही दिनयता अर्कैको नाम र नम्बरबाट नक्कली सन्देश पठाउने तरिका र समूहबारे अध्ययन थालिसकेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यसरी नक्कली सन्देश पठाउने प्रविधिबारे नेपालका मोबाइल सेवा प्रदायकहरूसमेत बेखबर छन् । खास व्यक्तिसित कुराकानी वा किटानी नगरी एसएमएसकै भरमा वित्तीय संस्थाले एक व्यक्तिको खाताबाट अर्काकोमा रकमान्तर गरे अप्ठ्यारो पर्न सक्छ । प्रहरीले यसमा सचेत रहन पनि आग्रह गरेको छ । अनुसन्धान टोली शुक्रबार यो प्रविधिको परीक्षण गरिरहेको थियो । त्यस क्रममा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको मोबाइल प्रयोगै नगरी उनको नाम र नम्बरबाट महानगरीय आयुक्त कार्यालयका प्रमुख कुवेरसिंह रानालाई दुई लाइनको सन्देश पठाइयो । तत्काल रानाको मोबाइलमा म्यासेज रिसिभ भएको घन्टी बज्यो । हेर्दा शाहको नम्बरबाट थियो, नाम पनि आएको थियो । 



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login