परीक्षा दिन वञ्चित विद्यार्थीले आत्महत्या गरे

रोहित राई, धरान, साउन ११- हाजिरी नपुगेका करण परीक्षामा सामेल हुन नपाउँदा निरास बनेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दन्त चिकित्साका विद्यार्थीले आत्महत्या गरेका छन्। श्रीकान्त डङ्गोलले बाबुको क्वार्टरमा झुण्डिएर आत्महत्या गरेका हुन। उनी प्रतिष्ठानअन्तर्गतको दन्त चिकित्सा महाविद्यालयमा बीडीएस दोस्रो वर्षमा अध्ययनरत् थिए। उनले मङ्गलबार दिउसो करिब साढे ४ बजेतिर झुण्डिएर आत्महत्या गरेका हुन्।   डङ्गोलले धरान ८, तीनेकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा अध्यापनरत् बुबा उदयलाल डङ्गोलको क्वार्टरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। ‘कोठाको सिलिङमा रहेको फलामे डण्डीमा नाइलनको डोरीले झुण्डिएर आत्महत्या गरेको रहेछ'- प्रतिष्ठान हाताभित्र रहेको प्रहरी विटका इञ्चार्ज सई तिलक गिरीले भने।  बिडिएसमा अध्ययनरत् विद्यार्थी तथा दन्त चिकित्सकहरुले भने प्रतिष्ठानका पदाधिकारीहरुको गल्ती, कमजोरीले डङ्गोलले आत्महत्या गरेको भन्दै घटनाबारे छानबीन माग गरेका छन्।     ‘उसको हाजिरी किन काम भयो, वर्षमा ३ पटक निकाल्नुपर्ने हाजिरी प्रतिवेदन किन एक वर्षमा मात्रै निकालियो भनेर छानबिन हुनुपर्छ'- विद्यार्थी कल्याणकारी समाजका सदस्य मुकेशकुमार शाहले भने। प्रतिष्ठानका डेन्टल सर्जन कुम्भराज जोशीका अनुसार शैक्षिक विभागले तोकिएको समयमा हाजिरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा यो पटक परीक्षा हुनअघि मात्रै निकालेको कारण एक विद्यार्थीले अनाहकमा ज्यान गुमाएकोले छानबीन गरी दोषी पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन्। ‘यसको जिम्मेवारी विद्यार्थीको पैसाबाट तलब खाएर बसेका पदाधिकारीहरुले लिनुपर्छ, यो आत्महत्या होइन, हत्या हो'-उनले भने।   परीक्षामा सामेल हुन वर्ष दिनमा ८० प्रतिशत हाजिरी पुगेकै हुनुपर्छ। प्रतिष्ठानको शैक्षिक विभागले विद्यार्थीहरुको हाजिरी प्रतिवेदन समय समयमा निकाल्नुपर्ने भएपनि यो वर्ष बीडीएस दोस्रो वर्षको फाइलन परीक्षा सुरु हुनुअघि मात्रै निकालिएको विद्यार्थीहरुले बताएका छन्।  दोस्रो वर्षका ११ जना विद्यार्थीहरुको हाजिरी अपुग भएपनि मंगलबार अन्तिम समयमा अन्यले प्रशासनमा मिलाएपनि मृतक डंगोलले भने डिप्रेशनमा आत्महत्या गरेको विद्यार्थीहरुको भनाई छ। ‘अरुले अन्तिम समयमा मिलाए, उसको मात्र किन मिलेन भनेर छानबिन हुनुपर्छ '-नाम नछाप्ने सर्तमा एक विद्यार्थीले भने। बिडिएस दोस्रो बर्षको फाइनल परीक्षा मंगलबारबाट शुरु भएको थियो। हाल मृतक डंगोलको शव पोष्टमार्टमको लागि प्रतिष्ठानमा राखिएपनि छानबीन गर्ने प्रतिवद्धता नभएसम्म हुननदिने विद्यार्थीहरुले बताएका छन्।  प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.बीपी दासले परीक्षामा सामेल हुन नपाउँदा डंगोलले आत्महत्या गरेको स्वीकार गरेपनि हाजिरी नियमितरुपमा सार्वजनिक नगरेको बिषयमा आफुलाई थाह नभएको बताए। ‘मलाई यति थाह छ कि उसले परीक्षामा सामेल हुन नपाउदा आत्महत्या गरेको छ, परीक्षामा सामेल हुन पाउने नपाउने नियम होला, त्यो शैक्षिक विभागले हेर्छ'-निर्देशक दासले भने। शिक्षाध्यक्ष डा.रुपासिंह भण्डारीसँग सम्पर्क हुन सकेन।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login