रूखमै कुहिन थाले स्याउ

१५ साउन, बाजुरा । बाजुराको जुकोट गाविसमा फलेका स्याउ बोटमै कुहिन थालेका छन् । लगातारको अविरल झरीका कारण घाम नपाएर स्याउ बोटमै कुहिन थालेको स्थानीय स्याउ कृषक कपुर शाहीले बताउनु भएको छ । स्याउ यस वर्ष नपाक्दै बोटमै कुहिन थालेपछि स्याउ कृषकहरू चिन्तित बनेका छन् ।  जिल्लाका जुकोट, कोल्टी, पाण्डुसैन लगायतका क्षेत्रमा अत्यधिक स्याउ फल्ने गरे पनि किसानहरूले मेहनत गरे जति आयआर्जन गर्न पाएका छैनन् । कहिले असिना, कहिले वर्षाका कारण उनीहरूले बर्सेनि लाखौंको क्षति बेहोर्नु परेको छ । यातायातको असुविधा र उचित बजारको अभावका कारण स्याउ बर्सेनि कुहिएर खेर जाने गरेको स्याउ कृषक रामबहादुर शाहीले बताएका छन् ।  यो वर्ष अघिल्लो वर्षको भन्दा कम मात्रामा स्याउ फलेको जनाइएको छ । साउन सुरु भएदेखिको अविरल वर्षाका कारण घाम नपाएर स्याउ बोटमै कुहिएर लाखौँको क्षति भएको पीडितहरूले बताएका छन् । स्याउ बेचेरै जीवन गुजारा गर्ने किसानहरूलाई झरीका कारण बोटमै दिन प्रतिदिन स्याउ कुहिन थालेपछि सहि नसक्नु पीडा भएको छ । स्याउ खेतीबाटै लाखौँको आम्दानी गरेर घरपरिवार पाल्दै आएका कृषकहरूलाई छोराछोरी कसरी पाल्ने भन्ने चिन्ता कृषकहरूलाई बढेको छ ।  जिल्ला कृषि विकास कार्यालय र अन्य सरोकारवाला निकायको बेवास्ताका कारण आफूहरूको व्यवसाय फस्टाउन नसकेको किसानहरूको आरोप लगाउने गरेका छन् । स्याउ उत्पादनका लागि पर्याप्त सम्भावना भए पनि व्यावसायिक रूपमा विकासका लागि पहल नगरेको उनीहरूको आरोप छ । यता जिल्ला कृषि विकास कार्यालय बाजुराले भने स्याउ कुहिएको जानकारी आइसकेकोले तत्काल औषधिसहितको टोली पठाउने जनाएको छ ।




source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login