समुन्द्र पौडेल, तनहुँ, असार २३- पहिरोसँगै आएको ढुङ्गाले लागेर बुधबार राति तनहुँमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दिपुर-१ डुम्रे बजार निबासी वर्ष २७ की धनुकुमारी प्रधान रहेको डुम्रे प्रहरी चौकीले जनाएको छ। भान्साकोठामा खाना पकाइरहेको समयमा घरमाथीबाट पहिरोसंगै आएको ढुङगाले थिचेर प्रधानको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी उनका श्रीमान दिनेश प्रधान घाइते भएका छन्। घाइते प्रधानको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ। श्रेष्ठ दम्पति डुम्रे बजारमा संचालित बन्दिपुर टेण्ट हाउसका संचालक हुन्। २०४१ सालमा सोही घर आडको घरमा आएको पहिरोमा पुरिएर ५ जनाको ज्यान गएको थियो।
नागरिक
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires