नेपालको कानुनले विवाहका लागि केटाको हकमा २० वर्ष उमेर तोकेको छ। तर, १८ वर्ष मात्र पुगेका झाप्रा-१, फुम्नाका बमबहादुर वादीका पत्नी नै ५ वटी छन्। १३ वर्षको उमेरमा ७ कक्षामा पढ्दापढ्दै पहिलो विवाह गरे उनले। त्यसपछि पढ्न पनि छोडिदिए । त्यो २०६३ सालको कुरा हो। पहिलो पत्नी संगीता वादी अहिले १८ वर्षकी मात्र भइन्। ५ वर्षको अवधिमै उनले थप ४ पत्नी ल्याए। विवाह गरेका सबै पत्नीको उमेर उनीसँग मिल्दो छैन। माइली विष्णा १९, साइँली कालिका २०, काइँली जन्तरा २० र कान्छी कल्पना १८ वर्षका छन्। घरको आर्थिक अवस्था कमजोर भए पनि धेरै पत्नी जम्मा पारेर कुनै पछुतो लागेको उनको भनाइ छ। ‘न जागिर छ, न त पढाइ,’ उनले भने, ‘कहिलेकाहीँ परिवार पाल्ने समस्याले सताउँछ।’ अहिले उनको साथमा तीनवटी मात्र छन्। जेठी, साइँली र कान्छी पत्नी उनीसँगै बस्छन्। ‘जन्तरा र विष्णा मेरो साथमा छैनन्,’ उनले भने, ‘पढ्न पनि सकिनँ, जागिर पनि पाइनँ।’
source:-पूर्वेली टाईम्स
0 commentaires