नेपाल र जोर्डन आज भिड्दै

काठमाडौं, साउन ७ - इस्ट टिमोरलाई ७-१ गोलले पराजित गर्दै विश्व कप छनोटको अभियानमा जुटेको नेपाल एसिया कपको क्वार्टर फाइनलिस्ट जोर्डनविरुद्ध अमान रंगशालामा उत्रिँदैछ। शनिबार नेपाली समयअनुसार राति आयोजना हुने 'अवे' खेलमा जोर्डनविरुद्ध उत्कृष्ट नतिजाका लागि आफू लालायित रहेको नेपालका लागि बेलायती प्रशिक्षक ग्राह्म रोबर्ट्सले बताएका छन्।     उनले शुक्रबार खेलपूर्व आयोजित पत्रकार सम्मेलनमा आफ्नो टोलीमा कुनै समस्या नरहेको र राम्रो नतिजाका लागि तयार रहेको स्पष्ट पारेका छन्। 'जोर्डन राम्रो टोली हो। मैले उनीहरूलाई कमजोर आँकेको छैन,' रोबर्ट्सले पत्रकार सम्मेलनमा भने। उनले जोर्डनी प्रशिक्षक अदनान हमदले भनेजस्तै एकोहोरो खेल नहुने स्पस्ट पारे। नेपालले शनिबार हुने पहिलो लेगको खेलमा गोलरक्षक किरण चेम्जोङका साथै डिफेन्डरमा कप्तान सागर थापा, रोहित चन्द, सन्दीप राई र मिडफिल्डरमा विराज महर्जन, निराजन खड्का, भोला सिलवाल, शिव श्रेष्ठ, विकास सिंह क्षेत्रीलाई खेलाउने सम्भावना बलियो छ। यस्तै, स्ट्राइकरमा अनिल गुरुङ र जुमनु राईलाई उतार्ने सम्भावना छ।  विश्वकप छनोटअन्तर्गत बिहीबार जोर्डनतर्फ लागेको नेपाली टोलीले शुक्रबार खेल आयोजना हुने अमान रंगशालामा हल्का अभ्यास गरेको थियो। 'सबै खेलाडी फिट छन्,' सहायक प्रशिक्षक मेघराज केसीले भने। यसअघि नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा आँकेको जोर्डनका सहायक प्रशिक्षक अहमद अबेर अल गद्दरले केही समयअघि नेपालमै भएको उत्तर कोरियाविरुद्ध नेपालको खेलको प्रशंसा गरे। 'हामीले त्यो खेलको भिडियो हेरेका थियौं। यसले हामीलाई आश्चर्यमा पार्‍यो। नेपाल राम्रो टोली हो, यसमा युवाको बाहुल्य छ,' उनले भने। उनले आफ्नो टोलीका दुई खेलाडी इन्जरी समस्याबाट गुजि्ररहेको बताए। नेपालले छनोट अन्तर्गत जोर्डनविरुद्ध 'होम' गेम साउन १३ गते काठमाडौस्थित दशरथ रंगशालामा खेल्नेछ।


source:-नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login