स्थानीयको कुटाइबाट प्रहरी जवानको मृत्यु


२४ असार, काठमाडौँ । डोल्पाको जुफालमा स्थानीय युवाको कुटाइबाट गएराति एक प्रहरी जवानको ज्यान गएको छ । अर्का एक जवान घाइते भएका छन् ।  मृत्यु हुनेमा जुफालस्थित बिमानस्थल सुरक्षार्थ तैनाथ प्रहरी चौकीमा कार्यरत गुल्मी अर्जै-१ स्थायी घर भएका प्रहरी जवान कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । सोही स्थानमा कार्यरत अर्का जवान सल्यान मार्के- ५ घर भएका झमन रेउले गम्भीर घाइते भएका छन् ।  स्थानीय बजारबाट सामान किनेर चौकी फर्कदै गरेका प्रहरी र स्थानीय युवाहरुको समूहबीच राति ९ बजेको समयमा सामान्य वादविवादपछि झडप भएको प्रहरी प्रधान कार्यलयको प्रहरी समाचार कक्षले जनाएको छ । युवाहरुको कुटपिटबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका जवान भण्डारीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा गएराति नै मृत्यु भएको थियो भने घाइते जवान रेउलेको उपचार भइरहेको छ ।  ८/१० जनाको संख्यामा रहेका युवाहरुको समूहले कुखुरी, रक्सीका बोत्तल र चिर्पट प्रहार गरी प्रहरीमाथि आक्रमण गरेको समाचार कक्षका प्रहरी नायव निरीक्षक राजकुमार अधिकारीले अनलाइनखवरलाई जानकारी दिनुभयो । आक्रमणमा संलग्न स्थानीय भिमबहादुर बुढा, राजु थापा र अपार गुरुङलाई नियन्त्रणमा लिएर छानविन थालिएको प्रहरीले जनाएको छ ।  

onlinekhabar

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login