७ साउन, काठमाडौँ । वैदेशिक रोजगारीका लागि तीन महिनाअघि साउदी अरब पुगेका ३९ नेपाली युवा काम नपाएपछि अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि तीन महिनाअघि साउदी अरब पुगेका ३९ नेपाली युवा काम नपाएपछि अलपत्र परेका छन् । कम्पनीले पूर्वसम्झौताअनुसार काम नदिएपछि उनीहरु साउदीको जुडेल भन्ने स्थानमा अलपत्र परेका हुन् । यसअघि साउदीको हायलमा रहेका आफूहरुलाई एक तासाअघि जुडेल पुर्याइएको पीडित माधव पौडेलले टेलिफोन गरी अनलाइनखवरलाई जानकारी दिनुभयो । राजधानीको वल्र्डलिङ्क मेनपावर मार्फत त्यहाँ गए पनि पहिला साउदीको हायलस्थित एक अस्पतालमा काम लगाइदिने भनेर लगिए पनि पछि भने बिल्डिङ कन्डक्सनमा काम लगाउन खोजेपछि आफूहरुले विरोध जनाएको घिमिरेले बताए । रोजगारदाताले आफूले भनेको स्थानमा काम नगरे जेल हालिदिने धम्की दिने गरेको उनले बताए । आफूहरुलाई खान र बस्नसमेत नदिइएको उनको दुखेसो थियो ।
source:-onlinekhabar


0 commentaires