४ साउन, ताप्लेजुङ । ताप्लेजुङको सल्लेरीमा आफ्नै साथीले चलाएको गोली लागेर गएराति १ जनाको मृत्यु भएको छ ।
सदरमुकाम फुङ्लिङ गाविस- २ मा रहेको गरिबी निवारण कोषबाट चार लाख रुपैयाँ लिएर घर फर्कँदै गरेकाहरुमाथि आक्रमण गर्ने उमेश पालुङ्ग्वाको आफ्नै साथी प्रवेश पालुङ्ग्वाले चलाएको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुटेरा समूहको गोली लागेर मिना बराल, सूर्यमान मुखीया, रुपा गिरीलगायत चार जना घाइते भएका छन् । गम्भीर घाइते मिनाको सदरमुकाम र सूर्यमानको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires