घाइते अवस्थामा साउदीको जेलमा

वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका पाँच युवा अहिले घाइते अवस्थामा विना उपचार त्यहाँको जेलमा रहेका छन् । १५ दिनअघि दुर्घटनामा परेर घाइते भएका ती युवालाई साउदी प्रहरीले पक्राउ गरी थुनेको हो । घाइते अबस्थामा साउदी अरबको दमामको जेलमा रहेका ती युवालाई तत्काल मुक्त गरेर उपचारमा गरिदिन तिनका आफन्तजनले आग्रह गरेका छन् । पक्राउ परेकामध्ये मोरङ राजघाट ९का प्रफूल्ल अहंकारी (गिरी), राजघाट ५का टिकाराम गौतम, इलामका शंकर पौडेल रहेका छन् ।अन्य दुइजनाको परिचय खुलेको छैन । उनीहरू पक्राउ परेको १४ दिनपछि हिजो राति भाइसँग सम्पर्क भएको प्रफूल्लका दाजु यज्ञनिधिले बताए ।दुइ बर्षका लागि वैदेशिक रोजगारीमा साउदी अरव गएका प्रफूल्लको अझै एक महिनाको समयअवधी बाँकी रहेको यज्ञनिधिले बताए ।स्थानिय एक ओभरसिजबाट गएका प्रफूल्ललाई चालकमा रोजगारी पाइन्छ भनेर लगिए पनि बढार्ने काम दिइएको परिवारले जनाएको छ । कार दुर्घटना हुँदा चालक पाकिस्तानी नागरिकको घटनास्थलमै मृत्यु भएको र अन्यलाई घाइते अबस्थामा पक्राउ गरिएको टेलिफोनमा आफूहरुले जानकारी पाएको परिवारले जनाएका छन् ।    उनीहरुलाई छुटाउन साउदीस्थित नेपाली दुताबासमा जाँदा त्यहाँका कर्मचारीले जनही १०हजार रुपैंया कमिसन मागेको आफन्तहरुले बताएको यज्ञनिधिले जनाएका छन् । सरकारले नै पहल गरेर उनीहरुलाई जेलबाट तत्काल छुटाएर उपचार गरिदिनु पर्ने परिवारको माग छ ।


पूर्वेली टाईम्स
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login