३२ असार, महोत्तरी । महोत्तरीको बलवा गाविस–४ मा अज्ञात समूहको गोली प्रहारबाट एक सर्वसाधारण घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४५ वर्षीय परमेश्वर साह रहेको महोत्तरी प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार घरमा सुतिरहेका साहमाथि गएराति ११ बजेतिर दुईजनाको संख्यामा आएका हतियारधारीले गोली दागेका थिए । साहको दाहिने हातमा गोली लागेको बताइएको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहको छ । प्रहरी प्रमुख घिमिरेले साहमाथि स्थानीय श्याम यादवको समूहले गोली हानेको र उनीहरुको खोजी भइरहेको बताउनुभयो ।
समाचार
»
अज्ञात समूहद्वारा सर्वसाधारणमाथि गोली प्रहार
अज्ञात समूहद्वारा सर्वसाधारणमाथि गोली प्रहार
Tags:
समाचार


0 commentaires