मोडल हषिर्का श्रेष्ठ अहिले निकै हषिर्त छिन् । किनकि उनी अब मोडलबाट नायिका बनेकी छिन् । लामो समयको अन्तरालपछि उनी नेपाली चलचित्रमार्फत दर्शकमाझ आउँदै छिन् । सिक्किममा छायांकन भएको नेपाली चलचित्र अंगालो यो मायाकोबाट चलचित्रमा नायिकाको रूपमा 'डेब्यु' गरेकी छिन् । जसमा उनको जोडी इन्डियन आइडल प्रशान्त तामाङ छन् । 'पहिलो चलचित्रमा नै प्रमुख भूमिका त्यो पनि प्रशान्त तामाङसँग,' हेटौंडा, शान्तिनगरकी उनले खुसीको भावमा सुनाइन्, 'यो मेरो करिअरका लागि सुखद कुरा हो ।' चलचित्र अभिनयअघि नै चर्चित बनिसकेका प्रशान्तसँग काम गर्दा सुरुमा 'नर्भस' भइएलाजस्तो लागे पनि काम गर्दै जाँदा त्यस्तो महसुस नभएको उनी बताउँछिन् । जेठको पहिलो साता सिक्किममा आप\mनो पहिलो र प्रशान्तको दोस्रो चलचित्र अंगालो यो मायाको पि्रमियर शोमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उनी निक्कै हौसिएकी छिन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ, प्रशान्तका इन्डियन आइडलका प्रतिस्पर्धी मित्र तथा बलिउड कलाकार मयङ चाङसमेत दर्शक रहेको पहिलो शोमा उनको अभियनको सबैले प्रशंसा गरेका थिए । हलको ठूलो पर्दामा आफैँलाई हेर्दा रमाइलो अनुभव भएको उनी सुनाउँछिन् । ८ वर्षअघि र्याम्प मोडलिङबाट ग्ल्यामर दुनियाँमा आएकी उनले लामै समय मोडलिङमा बिताइन् । राजधानीमा भएका र राम्रा मानिएको डेढ दर्जन ठूला फेसन शोमा सहभागिता जनाइसकेकी उनी पछिल्लो समयमा भने म्युजिक भिडियो र विज्ञापनमा मोडलिङ गर्दै आएकी थिइन् । सिन्धु मल्लको कहाँ हो कहाँ जीवनको सहारा..., दीपक बज्राचार्यको झुमी-झुमी... लगायतका थुप्रै गीतमा मोडलिङ गरेकी उनलाई विभिन्न उत्पादनका टिभी तथा छापा विज्ञापनमा पनि देख्न सकिन्छ । 'पछिल्लो केही समय पढाइका कारण पनि यो क्षेत्रबाट टाढा रहेँ,' पद्मकन्या क्याम्पस काठमाडौंमा स्नातक दोस्रो वर्षमा अध्ययनरत हषिर्का अब भने सशक्त रूपमा यो क्षेत्रमा लाग्ने तयारीमा छिन् । गायिक सिन्धु मल्लको नयाँ एल्बमको म्युजिक भिडियो छायांकनमा व्यस्त उनले भनिन्, 'म ठीक समयमा चलचित्र क्षेत्रमा आएजस्तो लागेको छ । अंगालो यो मायाकोमा मैले निर्वाह गरेको भूमिकाबाट यो चलचित्र प्रदर्शनमा आएपछि मेरो कामलाई सबैले प्रशंसा गर्नेछन् भन्नेमा विश्वस्त छु ।' 'फोटो जेनिक फेस' र उनले अभिनय गरेको 'म्युजिक भिडियो' हेरेर नायिकाको रूपमा छनोट गरेको चलचित्रका निर्माता किशोर दुङमाली राई र निर्देशक विनोद सेरेङ बताउँछन् । निर्माता राई भन्छन्, 'हषिर्काको अभिनय-क्षमतासमेत उस्तै सशक्त पायाँै ।' अंगालो यो मायाको प्रदर्शनमा नआउँदै केही चलचित्रका लागि अफर आइसके पनि पहिलो चलचित्रको प्रदर्शनपछि मात्रै छानेर अभिनय गर्ने हषिर्का बताउँछिन् । उनले भनिन्, 'अंगालो यो मायाको फिल्ममा जस्तै अभिनय-क्षमता देखाउने सशक्त भूमिका पाए अरू फिल्ममा काम नगर्ने कुरै छैन ।'
nayapatrika
0 commentaires