चितवन, जेठ २७- चितवन मेडिकल कलेज भरतपुरको कर्मचारी र विद्यार्थी बोक्ने बसमा अज्ञात समूहले आज बिहान भरतपुरको तोरीखेतमा आगजनी गरेको छ। अस्पतालबाट कैलाशनगरको क्याप्पसतर्फ विद्यार्थी र कर्मचारी लिएर गइरहेको बा१क ६०४६ नम्बरको बसमा नकाबधारी समूहले आगजनी गरेको हो। मोटरसाइकलमा आएका ९/१० जनाको समूहले बसमा सवार रहेका कर्मचारी र विद्यार्थीलाई ओरालेर गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले जनाएका छन्। गाडीमा आगजनी गर्ने समूह आगजनीपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रत भएको छ। नगरपालिकाको दमकलले आगो निभाएको थियो। आगजनी गर्ने समूहको पहिचान हुन सकेको छैन भने घटनाको अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। सो घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। रासस
समाचार
»
अस्पतालको गाडीमा आगजनी
अस्पतालको गाडीमा आगजनी
Tags:
समाचार
0 commentaires