काठमाडौ, जेष्ठ २१ - धेरैजसो व्यक्ति दिनहुँ ३० मिनेट मोबाइलमा कुराकानी गर्छन् । यस प्रकार मोबाइल फोनमा कुरा गर्नेहरूले एक वर्षमा ११ हजार मिनेटको रेडिएसन एक्सपोजरको सामना गर्नुपर्छ । मोबाइल फोनबाट विकिरणको खतरा बढी रहेकाले यसलाई कम गर्न केही उपाय अपनाउन सकिन्छ । यसले विकिरणको दुष्प्रभावमा कमी ल्याउन सक्छ ।
मोबाइल फोनमा लामो कुरा गर्नु हुन्न । सम्भव भएसम्म छोटो समयमै गफ टुंग्याउनुपर्छ । डा. झा भन्छन्, 'अलि लामो कुरा गर्नुपरे कानमा मोबाइल टाँसेर कुरा गर्नुभन्दा ह्यान्ड प|mी वा ह्यान्ड प|mी किटको उपयोग गर्नुपर्छ । यसो गर्दा मस्तिष्कमा पर्ने अतिरिक्त विकिरणबाट बच्न सकिन्छ ।' स्पिकर उपयोग गर्दा रेडिएसनको खतरा २० देखि ६० प्रतिशतसम्म कम हुन्छ । एयर ट्युब हेड सेटको उपयोग गर्नाले ध्वनिमा मात्र प्रभाव पर्छ, इलेक्ट्रोनिक तरंगमा होइन । कुराकानी गर्नुको सट्टा एसएमएसलाई महत्त्व दिने गरेर पनि जोखिम घटाउन सकिन्छ । तपाईं लेनलाइन फोन भएको ठाउँमा हुनुहुन्छ भने मोबाइलको सट्टा त्यही फोनमा कुरा गर्नुस् ।
मोबाइल राख्ने तरिका
राति सुत्दा मोबाइल फोनलाई सिरानीको तल राख्नु हुन्न । डा. पन्तका अनुसार त्यस्तो बेला मोबाइल फोन आफूभन्दा टाढा मेचमा राख्नुपर्छ । यस्तै, मोबाइल खल्तीमा बोक्नुको सट्टा ह्यान्ड ब्याग वा अरू ब्यागमा राख्नु बढी राम्रो मानिन्छ । अफिसमा बस्दा लामो समयसम्म मोबाइललाई पाइन्ट वा सर्टको खल्तीमा नराख्नुस्, डेस्क वा मेचमा राख्नुस् । मोबाइल पाइन्टको खल्तीमा राख्नाले शुक्रकीटको संख्या कम हुन्छ भनिने गरे पनि यो कुरो हालसम्म प्रमाणित भएको छैन । तथापि मोबाइल खल्तीमा नराख्नु नै राम्रो हुने विज्ञहरूले सुझाउँदै आएका छन् । गाडी चलाउँदा मोबाइलको उपयोग गर्नाले रेडिएसनको खतरा बढी हुन्छ ।
kantipur
0 commentaires