महेश बराल १९ जेठ, सिद्धेको सिन्धुली, मक्केको महोत्तरी, धषेको धनुषा भनेर म सानो छदा मामा घरमा दादा अनि दिदीलाई धाक दिन्थे यसको प्रत्युत्तरमा दादाले सडेको सर्लाही भनेर भन्दा मैले झगडा गरेर र रोयर त्यो दिनभरी रडाको मच्चाको आज पनि टडकारो छ मेरो मानसपटलमा । सडेको सर्लाही होईन नभनेसम्म मैले भाडभैलो गर्न छोडदिनथें । म अहिले लण्डनमा छ ु। तेरो साथी गायत्री साहले त रातोपासपोर्ट बेचेर जेलमा पो गइछे भनेर फोन गर्नु भयो । यो सुनेर म चकित खाए अनि पहिलेको मेरो फगतको रडाको सम्झे । आफैलाई कुरी कुरी लाग्यो । कस्तो अचम्म छोरीलाई परिक्षामा चिठ चोराउनलाई धम्कयाउन जाने किरणदेवी यादव पनि सर्लाहीकै सभासद ्। डेढ करोडमा कुटनैतिक राहदानी बेच्ने गायत्री साह पनि सर्लाही कै सभासद् । होटल, क्यासिनोमा बन्दुक पडकाउने खोभारी राय पनि हाम्रै सर्लाहीको । राहत कोटाको शिक्षक को नियुक्तिमा ४० भन्दा बढी कोटा नपाएको भन्दै तालाबन्दी गर्ने शिवपूजन राय पनि हाम्रै जिल्लाका माननीय सभासद् । सभासद् भवनमा आफ्ना क्षेत्र, गाउँ, जिल्लाको एक शब्द पनि नबोल्ने, तर बारी बारीमा, टोल टोलमा बोले पनि सम्प्रदायिक तथा जातिय पूर्वाग्रही भएर देशलाई बिखण्डन तर्फ उन्मुख गराउन खोज्ने चुरे भावरका सभासद् केशव मैनाली तथा त.म.लो.प.कि सुमित्रा देवी राय । जनताको परिभाषा नजानेका र जहिले पनि मन्त्रीको दाउ हेरेर बस्ने राजेन्द्रमहतो। यी सब सर्लाहीका सभासद् तथा राजनेताहरु हुन् । अरु पनि छन् त्यस्ता देश र जनताको नाममा कलंक । अव त म पनि लाचार अनि बाध्य भएँसुन्न कसैलेछेवैमा आएर सडेकोसर्लाही भनेपनि । जनताको छोरा छोरीलाई सहज तरिकाबाट गुणस्तरीय शिक्षाको लागि पहल गर्नुपर्ने अनि उनैको गृह क्षेत्रमा २० प्रतिशत भन्दा पनि कम महिला तथा ३० प्रतिशत भन्दा कम पुरुष साक्षर छन् । के यही काम गर्न पठाएका हुन जनताले यिनहरुलाई । आफू र आपm्नो परिवारलाई मात्र देश र जनता देख्नेलाई कहिले सम्म जनताले आफ्नो राजनेता भनेर पूजा गर्ने हुन् । कुनै दिन यसको पनि टुंगिने दिन आउनेछ् । जनताले सरकारी जेल लान नसके पनि जनताकै अदालतमा लगि छाड्नेछन् । जिल्लाको बिकास गर्न स्थापित जिल्ला बिकास कार्यालयमा बिकास बजेट दलिय आधारमा दामासाहीमा भागबण्डा हुन्छ । बाग्मति सिचाई आयोजनामा कुन पार्टीको सरकार छ त्यस पार्टीका जिल्ला नेता र स्थानिय नेताको कमाईखाने भाँडो बनाएका छन ्। १००० (दश हजार ) लागत खर्चमा बनाएका कुलेसा मा १००००० ( एक लाख) को फछर्योट गरेर ९९०००० नगद कुम्लाएर सानका साथ जनताको नेता बनेर गाउँमा आफ्नो रवाफ कायम राख्छन् । जनता पनि के भाका हुन जसले धेरै सार्वजनिक सम्पत्तिको हिनामिना गर्छन उसैलाई राजनेताको उपाधि दिन्छन्। टोलमा भ्रष्टचार, गा.बि.स.मा भ्रष्टचार, जिल्लामा भ्रष्टचार अनि देश नै भ्रष्टचारीहरुको घर भईसक्यो । जिल्लाको कुनै पनि कार्यालयमा बिना घुसको काम असम्भव नै भईसक्यो । सरकारको नियमित बिकास कार्यअन्तर्गत बिधुत सेवा हजरियामा आज भन्दा १० बर्ष अगि नै सुरु हुनु पर्ने तर किन बल्दैन भनेर निकैदौड धुप गरियो सम्पूर्ण कुरा भयो तर ट्रान्सफर्मर को अभाव छ यसपाली हुन नसक्ने जानकारी आयो र अन्तमा रु १ लाख घुस दिए पछि सो ट्रान्सफर उपलब्ध भयो अनि हजरियामा बिजुलीको पोल गाडिएको १७ बर्ष पछि बल्ल बत्ति बल्यो । यो त सानो उदाहरण मात्र हो सर्लाहीको बारेमा । अरु पनि स प्रमाणका साथ अर्को लेखमा लेख्ने प्रयास गर्नेछु । अब त्यस्ता भ्रष्ट नेताहरु चेतना होस कि प्रत्येक गाउँ गाउँका युवाहरु अव एकताबद्ध हुदैछन र सचेत भई आफ्ना टोल, गाउँ अनि जिल्ला हाँक्ने छन् अनि यो सडेको सर्लाही भन्ने लागेको कालो धब्बा सदाको लागि हटाउने छन् र नया शान्त र समृद्ध सर्लाही भनेर चिनाउनेछन् ।
स्थानिय समाचार
»
सिद्धेको सर्लाही होईन
सिद्धेको सर्लाही होईन
Tags:
स्थानिय समाचार
0 commentaires