दोहा (कतार), जेष्ठ २० - नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै कतारको दोहास्थित एक अत्याधुनिक सुपर मार्केटको रुपमा चिनिने 'भिलाजिओ मल'मा नेपाल सम्बन्धी जानकारी मुलक सामाग्रीहरुको प्रचार सुरु भएको छ । नेपाल बारे जानकारी अंग्रेजी र अरबी भाषामा पर्यटकीय स्थलको वृत्तचित्र र तस्वीर सहित दिईएको छ ।
नेपाली दुतावासले नेपाल पर्यटन बोर्डको सहयोगमा कतारी तथा कतारमा कार्यरत विदेशी पर्यटकहरुलाई नेपाल भ्रमणको लागि आकषिर्त गर्न वुधवारदेखि अभियान सुरु गरेको हो । मल भित्र विभिन्न ठाउँमा रहेका २ ठुला सहित ९३ टीभी स्क्रिनबाट ति सामाग्री प्रसारित छन् ।
मल्टी मिडिया डिस्प्ले संचालक फायरफ्लाई कम्युनिकेशन्स र नेपाली दुतावास बीच संझौता भए अनुसार एक महिनासम्म मलका टिभी स्त्रिmनबाट ती सामाग्रीहरुको प्रचार जारी रहने दुतावासले जनाएको छ । राजदुत सुर्यनाथ मिश्रले मल्टी मिडिया डिस्प्लेको लागि नेपाल पर्यटन प्रबर्धन संबन्धी ९ वटा क्लिपहरु राखिएको ई कान्तिपुरलाई बताए । 'मध्यपुर्वका देशहरुमा नेपालका पर्यटकीय क्षेत्रबारे जानकारी नभएकोले मल्टीमिडियाको माध्यमबाट कतारी तथा कतारमा कार्यरत विदेशीलाई आकषिर्त गर्न यो अभियान शुरु गरेका हौं' उनले भने-'यसको प्रसारणबाट अबश्य पनि पर्यटकहरु यहाँबाट बढ्ने छ, भन्नेमा हामी आशावादी छौं ।'
मलमा टिभी स्क्रिनमा हरेक ६ मिनेटको अन्तरालमा २० सेकेण्ड नेपाल पर्यटन सामाग्री प्रसारित भएका छन् । अन्य समय मल्टी मिडिया संचालकले ब्याङ्क, कंपनी, कार्यालय तथा विभिन्न उत्पादनमुलक सामाग्रीहरु राखेको छ । सबै सामाग्रहरु आवाज विहीन रुपमा प्रसारित छन् ।
क्लिपमा नेपाल पर्यटन बोर्डले तयार पारेको सामाग्री अनुसार डिस्प्लेमा गौतम बुद्ध, माउण्टेनिरिङ, र्याफि्टङ, जंगल सफारी, पदयात्रा, प्याराग्लाईडिङ, नेपालको मानचित्र र झण्डा लगायत छन । दृश्यसंगै शरुमै नेपाल भ्रमण वर्ष २०११ 'नेचुरल्ली नेपाल, वन्स ईज नट इनफ', नेपालमा स्वागत, पर्यटन जानकारी वेव साईट 'वेलकमनेपाल डट कम' लेखिएको छ । दृश्य सामाग्रीहरु एक पटक अंग्रेजी र अर्को पटक अरबी भाषामा आउने गर्छन् ।
मलमा रहेका विभिन्न टीभीहरुमा विज्ञापनका सामाग्री एकै समय सबै टिभीमा नआएर टिभी पिच्छे फरक फरक समयमा आउने गरेका छन् । मल्टिमिडिया संचालकका अनुसार मलमा पहिलो पटक विदेशी नियोग मध्ये नेपालले देशको प्रचार सामाग्री राखेको छ । दुतावासले पर्यटन प्रदर्शनको लागि हरेक वर्ष गर्ने कार्यक्रम भन्दा यसपाली छुट्टै तरिकाले प्रचार शैली अपनाएको बताएको छ ।
दुतावासले धेरै मलको दर्शकहरुबाट भ्रमण र संचालकले सहुलियत दरले सामाग्री प्रसार गर्ने भएकोले यो पटक मल्टि मिडियाबाट प्रचार शुरु गरेको जनाएको छ । कतारबाट प्रति वर्ष ५ सय देखि ७ सय सम्म कतारी तथा विदेशी नेपाल जाने गरेका छन्, जसमध्ये थोरै मात्र भ्रमणको लागि र र अधिकांश कामदार भर्नाको लागि जाने गर्छन् ।
मलमा कार्यरत एयरकन्डिसन टेक्निसियन थर्पु-३, तनहुँका नरेन्द्र रानाले यहाँ बढी खर्च गर्ने अरबी र विदेशी आउने भएकोले नेपाल संवन्धी यो जानकारी उपयोगी हुने बताए । 'यो भिआईपीहरु आउने मल हो, उनीहरु नेपालको जानकारी देखेर आकषिर्त हुनेछन्' उनले ई कान्तिपुरलाई भने-'हाम्रो देशको गड्यागुडुङले गर्दा पर्यटक नगएका हुन्, त्यसलाई सुधार गर्ने हो भने यहाँबाट पनि धेरै जान सक्छन् ।'
विहान ८ बजेदेखि राति १ बजेसम्म संचालन हुने मलमा हरेक महिना १२ लाख ग्राहक तथा दर्शक आउने मल्टि मिडिया संचालकको भनाई छ । कतारमा स्थानीय र विदेशी गरी करीव १७ लाख नागरिक छन् । मलमा सेनेमा हल, चिल्डे्रन पार्क, पन पार्क, कृत्रिम आकाश, नहरमा ढुङ्गा सयर समेत हुने भएकोले कतिपय दर्शक अबलोकनको लागि समेत पुग्ने गर्छन् ।
दुतावासका द्धितिय सचिव जयबहादुर राईले फायरफ्लाईसंगको संझौता अनुसार मुख्य प्रवेशद्धारका २ वटा ठुला टीभी स्त्रिन र अरु ९१ वटा १ सय ३२ सेमीका स्त्रिmनहरुबाट रेष्टुरेन्ट, कफी/टी सप, नहर क्षेत्र, सिनेमा हल, बाटो तथा ग्राहक/दर्शकको बढी चाप हुने स्थानबाट प्रसारित भएको छ । 'नेपाललाई लोकपि्रय र आकर्षक गन्तब्यको रुपमा चिनाउन अभियान शरु गरेका हौं' उनले भने । दुतावासले नेपाल भ्रमण वर्षको कार्यक्रम उदघाटन हुने बेला जनवरीमा कतारबाट स्थानीय ४ पत्रकार र दुतावासलाई सहयोग गर्ने २ वकिल सहित ६ जनालाई पर्यटन बोर्डको सहयोगमा नेपाल भ्रमण समेत गराएको थियो । सन् २०११ मा १० लाख पर्यटन भित्राउने लक्षका साथ शुरु अभियानको ५ महिना बितिसकेको छ ।
ekantipur
0 commentaires