कतारमा १.२० लाख नेपाली कामदारको माग


दिनेश रेग्मी दोहा (कतार), अषाढ ८ - सन् २०२२ को फिफा विश्वकपको आयोजक राष्ट्र कतारमा आक्रमक रूपमा पूर्वाधार निर्माणका काम हुन थालेपछि नेपाली कामदारको माग पनि अत्यधिक बढेको छ । यहाँस्थित श्रम मन्त्रालयका अनुसार आउँदो ६ महिनाका लागि १ लाख २१ हजारको भिसा स्वीकृत भएको छ । कतारमा हाल ३ लाख ८ हजार २ सय ४९ नेपाली कार्यरत छन् ।
श्रम मन्त्रालय र नेपाली दूतावासका अधिकारीबीच सोमबार भएको भेटवार्ता पछि थप कामदारको माग बढ्ने संकेत देखिएको छ । नेपाली राजदूत सूर्यनाथ मिश्रले कतारका सामाजिक मामिला मन्त्री तथा निमित्त श्रममन्त्री नासेर अब्दुल्ला सालेह अल हेमिदीसँग मन्त्रालयमै श्रम मामिलालगायत विषयमा भेटवार्ता गरेका थिए ।
मन्त्री हेमिदीले १ लाख २० हजार ९ सय ४४ भिसा स्वीकृत भएको जानकारी दिएका हुन् ।
यसमध्ये ३० हजार ७ सय कामदारको भिसा अध्यागमनबाट निस्किसकेकाले कामदार आउने प्रक्रियामा रहेको उनले जनाएका छन् । यसैगरी ९० हजार २ सय ४४ कामदारको भिसा श्रम विभागबाट स्वीकृत भई अध्यागमनबाट निस्कन बाँकी रहेको छ । भिसा निस्केको ६ महिनाभित्र कामदार कतार छिरिसक्नु पर्नेछ ।
विभिन्न कम्पनीले ५९ हजार २ सय ४४ नेपाली कामदार माग गर्दै श्रम विभागमा निवेदन दिएको समेत हेमिदीले मिश्रलाई बताएका थिए ।
'नेपाली कामदारको मेहनतलाई अन्यन्त मन पराएका छौं,' मन्त्री हेमिदीको भनाइ उद्धृत गर्दै मिश्रले भने, 'उनीहरूको कामबाट सन्तुष्ट छौं ।'
भेटमा कामदारको पूर्णकालीन बिमा, कामदारलाई नेपाली स्वास्थ्यकर्मी र कानुनले प्रदान गरकको अधिकार पाउन भइरहेको व्यावहारिक कठिनाइबारे समेत कुरा भएको मिश्रले बताए ।
हेमिदीले कामदारको हक पाउन समस्या भए जानकारी गराउन आग्रह गर्दै समाधानको पहल गर्ने बताएका थिए । मन्त्रालयमा कामदारका गुनासा सुन्न हट लाइन टेलिफोनको व्यवस्था गरेको हेमिदीले जानकारी दिएका थिए ।
पूर्णकालीन बिमा र नेपाली कामदार बढी भएको ठाउँमा नेपाली स्वास्थ्यकर्मी राख्नेबारे हेमिदीले इदपछि कम्पनी सञ्चालकसँग कुरा गर्ने जानकारी दिएका छन् । वर्षमा करिब २ सय नेपालीको कतारमा मृत्यु हुने गरेको छ । क्याम्पमा निधन भएकालाई बिमाले समेटेको छैन ।
कतारी कानुनअनुसार ५ देखि २५ कामदार भएको क्याम्पमा प्राथमिक उपचार बाकस (फस्ट एड बक्स), १ सय कामदार भएको क्याम्पमा पूर्णकालीन एक नर्स र ५ सयभन्दा बढी कामदार भएको कम्पनीले एक/एक जना डाक्टर र नर्स राख्नुपर्ने प्रावधान छ ।
इरान पनि नेपाली कामदारमा इच्छुक
नेपालीको क्षमता र इमानदारिता देखेर इरानले पनि इच्छा देखाएको छ । कतारका लागि इरानी राजदूतले नेपाली राजदूतसँग यस्तो चाहना व्यक्त गरेका हुन् ।
हालै कतारबाट १२ देशका राजदूतलाई इरानको फार्स प्रान्तको भ्रमण गराएका बेला इरानी राजदूत अब्दुल्ला सोह्रबीले नेपाली कामदारप्रति रुचि देखाएका थिए । सोह्रबीले नेपाल इच्छुक भए यसबारे सम्झौता गर्ने बताएका थिए । उनले कृषि, फलफूल तथा पशुपालनमा कामदारको माग रहेको बताएका थिए ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login