काठमाडौं, जेष्ठ २९ - समानता मामिला हेर्ने बेलायती मन्त्री लिन फेदरस्टोनतीनदिने नेपाल भ्रमणको लागि सोमबार नेपाल आउने भएकी छन् ।
भ्रमण महिलाविरुद्धको हिंसा र अरु विभेदहरु विरुद्धका सवालहरुमा नेपालले कसरी काम गरिरहेको छ भन्नेमा केन्द्रित रहने बेलायती दूतावासले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा रहादा उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उप-प्रधानमन्त्री तथा गृह मन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव माधवप्रसाद घिमिरे, न्यायाधीश कल्याण श्रेष्ठ तथा केही सभासदहरुलाई पनि भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
तीन दिने नेपाल भ्रमणकाक्रममा उनले काभ्रे जिल्लामा स्थानिय विकास मन्त्रालय र यूनिसेफले वेलायती सहयोगमा सञ्चालन गरिरहेको पारालिगल कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम छ । नेपाल भ्रमणमा रहँदा उनले आफ्नो अनुभवलाई साटासाट गर्ने जनाएका छन् ।
'प्रत्येक दिन नेपाल, बेलायत लगायत संसारभरका महिलाहरुले कहाली लाग्दो अपराध, विभेद र डरको अनुभव गरिरहेका हुन्छन्,' उनले भनेकी छन्, 'यी गहन र अत्यन्त जरुरी चुनौतीहरुलाई नेपाल सरकार र समुदायले कसरी सम्वोधन गरी रहेका छन् भनी प्रत्यक्ष हेर्न पाउनेमा म निकै खुशी छु । मलाई आशा छ म नेपालको अनुभवबाट केही सिक्ने छु र वेलायतको अनुभव बाँड्ने छु ।'
ekantipur
0 commentaires