कन्हीया गुप्ता बीरगञ्ज, ७ गते असार । जगन्नाथपुरी गोबर्धन पीठाधीश्वर अनन्त श्री बिभुषित शङ्कराचार्य निश्चलानन्द सरस्वती भारत भ्रमण दौरनकै क्रममा नेपालको बीरगञ्जको राणीसती अतिथी सदनमा यहि असार ५ र ६ गते आफ्नो अमुल्य समय दिई सम्पुर्ण सनातनी धर्मावलम्बीहरुलाई आफ्नो धर्म रक्षा प्रति कटिबद्ध तथा एकता भई धर्म रक्षा गर्नुको साथै बेद र पुराणमा उल्लेख गरिएको मार्ग दर्शनलाई मनन गरी अगाडी बढयो भने देशमा छिटै अमन, चयन र शान्ति हुनु र देशको बिकाश अगाडी बढी सनातनी धर्मावलम्बिहरु सम्पन्न बन्ने आफ्ना आर्शीबाचनमा बताउनु भयो । जगतगुरु शङ्कराचार्य निश्चलानन्द सरस्वती बीरगञ्जबाट हिजो ८ गते बिहान ९ बजे भारत बिहारको रक्सौलबाट दिउसो ११ बजे बढी लाईनको टे«नबाट जगन्नाथपुरी प्रस्थान गर्नु भएको छ । सो दुई दिनको राणीसती अतिथी सदनमा बसाई अवधी सम्ममा भएको बिभिन्न कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्सा शाखाले नि ः शुल्क रुपमा बिशेष साक्षात्कार कार्यक्रम देखी लिएर सम्पुर्ण प्रचार । प्रसार काम गरेकोमा पर्सा शाखाका परिवारलाई जगतगुरु शङ्कराचार्य निश्चलानन्द सरस्वतीले धन्याबाद प्र कट समेत गर्नु भएको थियो । उक्त जगतगुरु शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाई कार्यक्रममा रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, बाहुभाषिक प्रभात काब्य यात्रा पर्साका संयोजक अरुण बिक्रम शाह, जगतगुरु शङ्कराचार्य स्वागत मुल समारोह समितीका बिभिन्न पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिबी, सञ्चार कर्मी, स्थानियबासी,उधोगपति लगायतको उपस्थिति रहेको कुरा मुल समारो ह समितीका अध्यक्ष पंडित पुरुषोत्तम दुबेले बताउनु भएको छ ।
kanhiayagupta@gmail.com
kanhiayagupta@gmail.com


0 commentaires