काठमाडौँ, असार ९ - वरिष्ठ सङ्गीतकार गणेशप्रसाद श्रेष्ठको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित श्रेष्ठको बुधबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो। विसं १९९१ माघ ३ गते काठमाडौँमा जन्मिनुभएका श्रेष्ठ सानै उमेरदेखि सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका थिए। नले २०३१ सालमा इलाहाबादबाट संगीत विशारथ उपाधि प्राप्त गरेका थिए। नेपाल भाषाको पहिलो फिल्म सिलुका संगीतकार श्रेष्ठले दुई हजार गीतमा संगीत दिएको बताइएको छ। सप्त संगीत ज्ञान, शकुन्तला गीति नाट्य, राष्ट्रिय बालगीत लगायत उनका ३५ पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्। श्रेष्ठको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।
नागरिक


0 commentaires