चन्द्र काफ्ले, भक्तपुर, असार ८- कमलविनायकबाट काठमाडौँ चल्ने यात्रुवाहक बसले आज बिहान सूर्य विनायकमा एक यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्गको छ लेन सडकलाई प्रहरीले हस्तक्षेप गरी खुलाएको छ। बा २ ख ८८६६ नम्बरको बसले रामेछापनिवासी २५ वर्षीय फूर्वा भन्ने दावा लामालाई किचेको थियो। रत्नपार्कबाट भक्तपुर जाँदै गरेको बसले सूर्य विनायक बस स्टपमा लामालाई किचेको हो। लामा सोही बस चढेर झरेको बेला किचेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। लामा रामेछाप निवासी र उनको आफन्त कोही भक्तपुरमा नरहेको बताइएको छ। पोस्टमार्टमका लागि उनको शव भक्तपुर अस्पताल लगिएको छ।
नागरिक
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires