यौन दुर्व्यवहार मुद्दा लागेकी प्रहरीलाई सफाइ

काठमाडौं, जेठ १८ - युवती अपहरण र यौन दुर्व्यवहारको अभियोग लागेकी थापाथली ट्राफिक प्रहरी रमिना हुसेनले अदालतबाट सफाइ पाएकी छिन्। १५ महिनाअघि १७ वर्षीया पूजन बस्नेतलाई अपहरण गरेको अभियोगमा प्रहरी पक्राउमा परेकी उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश लेखनाथ घिमिरेले निर्दोष ठहर गर्दै सफाइ दिएका हुन्।      अदालतमा मुद्दा दायर भएसँगै जागिरबाट निलम्बनमा परेकी उनी बुधबार काममा फर्कंदै छिन्। 'बिनागल्ती एक महिना झुटा मुद्दा लागेर प्रहरी हिरासतमा रहे पनि समलिंगीको मुद्दामा जितेकाले खुसी लागेको छ,' उनले  भनिन्, 'भोलिदेखि नै अफिस जान्छु।' महिला समलिंगी भएकै कारण आफूलाई प्रहरीले दुख दिएको उनले बताइन्। २०६६ फागुन २४ गते उनलाई काठमाडौं ढल्कोको डेराबाट पक्राउ गरी जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा लगाइएको थियो।  उनले प्रेम र विवाह गरी सँगै बसेको भने पनि प्रेमिकाका आफन्तले समलिंगी सम्बन्ध स्वीकार्न नचाहेकाले दुख दिएको बताइन्। २७ वर्षीया उनलाई प्रहरीले एक महिना अनुसन्धानका लागि भन्दै हिरासतमा राखे पनि जिल्ला अदालतले २०६६ चैतमा १५ हजार धरौटीमा रिहा गरेको थियो। त्यही मुद्दाको अन्तिम सुनुवाइ गर्दै मंगलबार जिल्ला अदालतले रमिनालाई सफाइ दिएको हो।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login