थानाभित्रै विहे

 मन कुमार जेठ २७ बेलडाँगी -३ जन्ती, लोकन्ती केही थिएनन्, भोज भतेर हुने कुरै भएन । दाइजो-उपहार त झन परकै कुरो रह्यो । उमेर पुगेको युवक र युवती प्रहरी कार्यलयको एकाछेउमा रहेको मन्दिरमा जुटे । युवकले गोजीबाट निकाले सिन्दुरको बट्टा । युवतीले शिर ठाडो पारेर सिउँदो थापिदिइन् । सिन्दुर र पोते लगाइदिए युवकले । वरपर जुटेका केहिले ताली बजाए । त्यस्तै पाँच मिनट नवित्दै एकपाराको बिहे सकियो । यो फिल्मको दृश्य होइन अनि कुनै बनिबनाउ कथाको अंश पनि होइन । यो एउटा वास्तविक वेहुला र वेहुली बीचको एउटा विवाहको दृष्य थियो । बिहेका पात्र थिए बेलडाँगी -३ शरणार्थी शिविरका अर्जुन दर्जी र त्यही शिविरकी तारामाया गुरुङ्ग ।  अन्तरजातीय बिहेलाई शरणार्थी शिविरका अभावग्रस्त समाजमा पनि स्वीकार नगरिएका कारण ती युवायुवतीले आफुखुसी बिहे गरेको बताइएको छ । बिहेको सुरक्षा र बैधानिकताको बाटो सोचेर तिनले ठाँउ चाँहि प्रहरी कार्यालय रोजेको बताएका छन् । तिनीहरुबीच केही वर्षदेखि प्रेम झाँगिएको थियो । त्यसको बिसौनी बन्यो इलाका प्रहरी कार्यलयको सानो आँगनी । इलाका प्रहरी कार्यालय दमकले दमकको प्रहरी हाताभित्र यसरी बिहे भएको यो पहिलो घट्ना भएको बताइएको छ । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login