झापा १० असार एकिकृत माओबादीका एक स्थानीय नेतामाथि आज बिहानै आक्रमण भएको छ । एकिकृत माओबादीको कोचिला राज्य समितिका सल्लाहकार भीम बस्नेतलाई आज बिहान एक समुहले हतियार प्रहार गरि घाइते बनाएको हो ।
झापाको दमक १ स्थित आफ्नै घरमा रहेका बस्नेतलाई मोटरसाइकलमा आएका दुइ जनाले धारिलो हतियार प्रहार गरि घाइते बनाएको हो । अनुहारमा गम्भिर चोट लागेका बस्नेतको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बेपत्ता परिवारका केन्द्रिय सदस्य समेत रहेका बस्नेतलाई कसले हतियार प्रहार गरेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ । बिहान ४ बजे घरमा बसेका बस्नेतलाई दुइजनाले केही काम छ भनेर बोलाएर अनुहारमा खुकुरी प्रहार गरि फरार भएको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यलय दमकमा प्रहरी निराक्षक नबिन कार्कीले जानकारी दिनुभयो ।
कृष्ण


0 commentaires