कतारलाई उत्कृष्ट वायुसेवा अवार्ड

काठमाडौं, असार १०  - कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज 'एयरलाइन अफ द इयर २०११' अवार्डबाट सम्मानित भएको छ। जहाजभित्र र बाहिर यात्रुलाई उत्कृष्ट सेवा सुविधा दिएका कारण फ्रान्सको पेरिसमा आयोजित पेरिस एयर सोका अवसरमा स्काइ ट्र्याक्स संस्थाले उक्त अवार्डबाट कतारलाई सम्मानित गरेको हो।      स्काइट्र्याक्सका प्रमुख कार्यकारी अधिकृत एडवार्ड प्लेस्टेडले कतारका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरलाई अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। यो अवार्डलाई 'यात्रुको छनोट' का रूपमा पनि लिइन्छ। विश्वका २ सयभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये कतार उत्कृष्ट भएकाले उक्त अवार्ड दिइएको हो। गत वर्ष कतार यो वर्गको तेस्रो स्थानमा आएको थियो। यसपालि एसियाका चार ठूला कम्पनीलाई पछाडि पार्दै उसले अवार्ड हात पारेको हो। १ सय भन्दा बढी देशका १ करोड ८० लाख हवाई यात्रुबीच गरिएको १० महिना लामो सर्वेक्षणले कतारलाई उत्कष्ट ठहर्याखएको थियो। यसै गरी कतारले 'मध्यपूर्वको उत्कृष्ट वायुसेवा' र उत्कृष्ट फर्स्ट क्लास लाउन्ज' अवार्ड पनि पाएको छ।  'हाम्रो सामूहिक प्रयासबाट यो सफलता हात लागेको हो,' अवार्ड ग्रहण गरेपछि कतारका प्रमुख कार्यकारी अधिकृत बकेरले भने, 'विश्वकै उत्कृष्ट वायुसेवा कम्पनीको अवार्ड पाउनु ठूलो सफलता हो र यसले कम्पनीलाई थप उचाइमा पुर्‌र्याउने विश्वास छ। हाम्रा जहाजमा यात्रा गर्ने यात्रुको सकारात्मक चासोप्रति हामी आभारी छौं।' स्काइट्र्याक्सका प्रमुख कार्यकारी अधिकृत प्लेस्टेडले उच्च गुणस्तरीय सेवालाई निरन्तर कायम राखेर कतार एयरवेजले विश्व वायुसेवा उद्योगलाई सधैं प्रभावित पारेको बताए। कतार एयरवेजले हाल ९८ जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका १ सयभन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ। कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको यसले काठमाडौं-दोहा सेक्टरका लागि हाल सातामा २१ उडान गरिरहेको छ।

(नागरिक)
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login